हामी नेपालका अधिकाँश मानिसले राजनीति बुजेको देखिँदैन । नेपालमा राजनीति कोही नाता पर्ने, कोही होहल्ला गर्ने तरिकाले लागेको देखिन्छ, कोही साथीभाइको नजरमा असल बन्न तथा कोही अवसर कता मिल्छ त्यतै हाम फाल्ने क्रम जारी छ । यही कारण नेपालमा राजनीतिक चिन्तनभन्दा पनि विशेष रुचिका कारण पार्टीको पछि लाग्नेको संख्या बढी छ । त्यही भएर अहिले राजनीति सिद्धान्तबाट मोडिएर अवसरवादतर्फ लम्किएको छ। विश्वमा ३ व्यबस्था चर्चामा रहेको छ स् पुँजीबाद , समाजबाद ,र साम्यवाद । यो सामाजिक ,आर्थिक र राजनीतिक बिचार धारामा आधारित छ र यसलाई संसारका विभिन्न देशले अलग अलग तरिकाले ब्याख्या र लागु गर्दै आएको पाइन्छ । नेपाल जस्तो विकासउन्मुख देश जो धेरै समय राजनीतिक संक्रमण कालमा अल्झी रहयो , यी ३ व्यबस्थामध्य नेपालमा दलाल पुंजीबादको अँश देख्न सकिन्छ यधपि नेपालको संबिधान २०७२ ले नेपाललाइ समाजबादउन्मुख अर्थतन्त्र तर्फ लैजाने खाका कोरेको छ ।
१ . पुँजीबाद व्यवस्था
जबदेखि मान्छेमा बैज्ञानिक चेत आयो र उसले आत्मनिर्भर अर्थव्यबस्था छोड्यो पुँजीवादको जग त्यहींबाट सुरुभएको पाइन्छ । स्वयम मेरो घरको आमालाई के गर्व छ भने म कुनै पनि आवस्यक सामान बजारमा किन्न जान्न । परम्परागत समाजमा प्रत्येक मनिस आत्मनिर्भर हुन चाहान्थे । तर महान अर्थशाश्त्री अडाम स्मिथले ( तिम्रो सीप, योग्यता ,कुशलता र जमिनानुसार वस्तु उत्पादन गर र फाइदा कमाउ भन्ने सिद्धान्त स्थापित गरे । पुँजीवादी व्यवस्थामा सबैभन्दा चर्चित पुस्तक सन् १७७६ मा एडम स्मिथले लेखेको ‘द वेल्थ अफ नेसन्स’ हो । उनले मानिसले पैसा कमाउँदैन भने ऊ जंगलमा वा सडकमा गएर बसे हुन्छ भनेका छन् । उनको अनुसार देशलाइ सम्रीद्ध बनाउन छ भने मानिसले आफ्नो निजी स्वार्थको अनुसरण गरोस, बजारमा पाइएको वस्तु सस्तो भन्दा सस्तोमा किन र आफुले बनाएको वस्तु महंगोमा बेच्न प्रयास गरोस् भन्ने छ । यति भए सिंगो समाज ब्यबस्थित हुन्छ । पुँजीपति व्यबस्थामा कुनै आर्थिक पक्षले उत्पादन गर्छ । यो सरकारको अधीनमा हुँदैन, व्यक्तिको हातमा हुन्छ । यसमा मालिक हुन्छ र त्यो मालिकले कसरी व्यापार गर्ने, त्यो उसलाई छुट हुन्छ ।
राजनीतिक, सामाजिक र आर्थिक प्रणाली, उत्पादन र बजार प्रणालीको माध्यम निजी स्वामित्वमा आधारित हुन्छ । यो नाफाको दृष्टिले परिचालित हुन्छ । संसारको इतिहासमा सबैभन्दा प्रयोग गर्दै आएका पुँजीवादी व्यवस्था पाइन्छ । पुँजीवादी व्यवस्थाको काम यो हो कि फाइदा कसरी गर्न सकिन्छ । यसले गर्दा पुँजी झन् झन् बढ्न थाल्यो ,शक्तिको आड र जन्मजात धनाड्य परिवारमा जन्मिएकाहरुमा सामन्तीको भावना र निमुखा गरिबहरुलाई शोषण गर्ने चेतको बिकास भयो । यो व्यवस्था अंगाल्ने देशहरुमा मजदुर धैरै र मालिक कम हुँदै गए । बिल गेट्स, मार्क जुकरवर्ग , मुकेश अम्बानी, नेपालका चौधरी ग्रुप यी सबै पुँजीवादी व्यवस्थाले जन्माएका मालिक हुन् । यहाँ हिजो अरबपति ठहरिएकाहरु आज सडकमा वा टाँट पल्टिएको पनि देख्न सकिन्छ । यो व्यबस्थामा कुनै एउटा कम्पनीमा १०० जना कामदारले काम गरेर १ करोड आम्दानी गरे भने अधिकाँश रकम मालिकको हातमा पर्छ र श्रमिकहरुले आफ्नो तलबअनुरुप रकम बुझ्न पर्ने हुन्छ । यहाँ शोषण र शोषित वर्गबीच ठुलो अन्तर देखिन्छ ,यसले गर्दा गरि खाने र बसी खाने बीच अन्तरसंघर्ष उत्पन्न हुन गयो । पुँजीवादी व्यवस्थामा बजारलाई प्रतिस्पर्धामा छोडिएको हुन्छ ।
कुनै पनि व्यक्तिले वस्तु किन्न पनि सक्छ, तुरुन्त बेच्न पनि सक्छ । पुँजीवादलाई नाफामा घ्यान दिने व्यवस्था पनि भन्न सकिन्छ । तर दलाल र बेचौलियाले गर्दा यस व्यबस्थामा उत्पादन गर्ने व्यक्तिहरुले आफ्नो सामानको उचित मूल्य पाउदैनन् , श्रमिक, मजदुर ,किसनहरुले आफ्नो रगत र पसिना अनुरुप उचित पारिश्रमिक नपाउँदा यहाँ धनी र गरिबको ठुलो खाडल देखा पर्छ । अझ नेपाल जस्तो देशमा मुठ्ठी भरका दलालले सामाजिक, आर्थिक, लैङ्गीक , वर्गीय जातीय, क्षेत्रीय ,उत्पीडित लगायत अन्य पिछडियका मानिसको अधिकतम श्रम शोषण गरेको देख्न पाइन्छ । यसले गर्दा समाजका मानिसहरुमा आर्थिक, सामाजिक ,क्षेत्रीय, लैङ्गीक जस्ता असमानता बढ्दै गयो । बिकसित देशहरुमा पनि काम गर्न गएका अल्पबिकशित रास्ट्रका कामदारहरुलाइ बिकशित देशहरुको श्रमिक भन्दा निम्न ज्यालामा काम गर्न लगाएर उच्चतम श्रमशोषण गरेको पाइन्छ ।आफूलाई सभ्य पुँजिबादी मुलुक ठान्ने अमेरिका र भारतमा थुप्रै प्रकारका जातीय, बर्गिय, धार्मिक र लैङ्गीक बिभेदहरु रहेको पाइन्छ ।अमेरीकाको पार्कहरुमा समेत गोराहरुका लागि मात्रै प्रबेश हुने नीति बनाइएको देखिन्छ । यसैगरी लाखौ मानिसहरु आफनो घरबार नभएर कागजको सिरक र डसनामा चिसो सडक पेटीमा सुत्न बाध्य छन् । भारत पनि जातीय, क्षेत्रिय र बर्गिय बिभेदको ठुलो शिकार भएको छ ।
यो व्यबस्थाले लोकतन्त्र, प्रजातन्त्र मान्छ । सीमित असमानताका बाबजुत अमेरिकी पुँजीवादी व्यवस्था संसारमा सबैभन्दा बढी प्रयोग गरेको पाइन्छ । पुँजी, उद्योगधन्दा, कलकारखाना बढाउन नसकिएको खण्डमा कसरी समाजको आर्थिक व्यवस्था चल्छ भन्ने सोचविचार अँगाल्दै आर्थिक र सैनिक क्षेत्रमा अमेरिका शक्तिशाली बन्दै गएको छ । यो देशमा सबै जनताको, सबै कुराको बिमाको व्यवस्था गरिएको छ । बेरोजगारीलाई बेरोजगार भत्ता उपलब्ध गराइएको छ ।
२. समाजबादी ब्यबस्था
यो ब्यवस्थामा योग्यतानुसारको काम र काम अनुसारका दाम हुन्छ । समाजबादमा सापेक्षिक समानता मात्रै लागु हुन्छ । सर्बहाराबर्गले पुँजीबादलाई मेटेर नयाँ ब्यवस्था कायम गर्ने शुरु गरेको क्रान्तिलाई समाजबादी क्रान्ति भन्छन् । यो क्रान्तिको दौरानमा सर्बहाराबर्गले पूँजीबादी राज्यसत्तालाई चक्नाचुर पार्दै सर्बहाराबर्गको राज्यसत्ता स्थापित गर्दछ । सर्बहाराबर्गको राज्यसत्तामा सर्बहारा बर्गको अधिनायकतत्व हुन्छ । राजनीतिक बिश्लेशकका अनुसार पुँजीबाद र साम्यबाद बिचको संक्रमणकालिन चरण नै बैज्ञानिक समाजबाद हो । पुँजीबादी शोषण भएपछि सर्बहाराबर्गले बैधानिक, प्रजातान्त्रिक तथा अहिंसात्मक प्रक्रियाद्वारा यो ब्यवस्थालाई अन्त्य गर्दछन् । यही पुँजीबिादको गर्भबाट एउटा नयां ब्यवस्थाको जन्म हुन्छ, जसलाई समाजबाद भन्छन् । इतिहासमा समाजबादी समाजको स्थापनाको लागि शुरुमा १८७१ मा पेरिसका मजदुरहरुले गरेका थिए । यसलाई पेरिस कम्युन पनि भन्छन् । तर अनुभबका कमीको कारणले ७२ दिन भन्दा धेरै यो ब्यवस्था चल्न सकेन् । सन् १९१७ मा रुसमा जारशाहीको बिरुद्द बोल्सेभिक कम्युनिष्ट पार्टीको नेतृत्वमा अक्टोम्बर क्रान्ति सम्पन्न भयो र यो क्रान्तिले जारशाहीको शासनलाई ढालेर सर्बहाराबर्गको शासन कायम गरेको इतिहास छ । लेनिनको अगुवाइमा भएको क्रान्तिलाई स्टालिनले पनि निरन्तरता दिए र यो अवधिमा रुसमा २०० बर्षमा हुन् नसकेको काम ४० बर्षमा अबिशवासनीय तरीकाले समाजबादीहरुले गरेर देखाइदिएको इतिहास छ ।
समाजबादी समाजमा केही खास बिशेषताहरु छ, जुन बिशेषताको कारणले पुँजिबादी समाजको भन्दा समाजबादी समाजमा बिकासको गति अत्यन्त तिब्र हुन्छ । समाजबादी समाजमा उत्पादनको साधनमा निजि स्वामित्व हुंदैन् । उत्पादनको साधनमा सम्पुर्ण समाजको अधिकार कायम गरीएको हुन्छ । नाफाको उदेश्यले उत्पादन नभएर समाजको आवश्यकताको आधारमा उत्पादनका काम हुन्छ । पुँजिबादी समाजको जस्तो उत्पादित बस्तुहरुमा पुँजिपतिहरुका लागि नाफा, ब्याज र लगानको रकमको भाग छुट्टयाउनु नपर्ने भएकोले र उत्पादीत बस्तुमा र नाफाको हिस्सा उत्पादन गर्ने जनताहरुमा धेरै पर्न जान्छ । र समाजबादी राज्य ब्यवस्थामा जनताहरुका जीवन सुखी, समृद्व र सम्पन्नशाली हुन्छ ।
पुँजीवादमा ८० जना मजदुरले एउटा कुनै फ्याक्ट्रीमा ५० लाख कमाइ गरेमा ३० लाख कम्पनी मलिकको हातमा पर्छ भने २० लाख ८० जना मजदुर अथवा कामदारले ज्याला पाउँछन् । तर, समाजवादमा के हुन्छ भने ८० जनाकै हातमा त्यो ५० लाख बराबर पर्छ । यसलाई जनकल्याण नीति पनि भनिन्छ । समाजवादमा सबैको बराबर अवसर हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।कुनै पनि देशमा समाजबाद चलाउन प्रेस स्वतन्त्रता, सभा सम्मेलन स्वतन्त्रता, संगठनको स्वतन्त्रत जस्ता स्वतन्त्रता अनिबार्य हुन्छन् ।
समाजबादको बारेमा समाजबादी चिन्तक आइन्स्टाइनको बिचार रहेको छ– पुँजीबादी ब्यवस्थामा बर्ग बिभाजन बिद्यामान छ र यो ब्यवस्थाले मानब मार्फत मानजबलाई शोषण गर्दछ । अहिले सम्मका आर्थिक संरचनामाध्ये सर्बाधिक शोषण गर्ने ब्यवस्था पुँजिबादी ब्यवस्था नै हो ।पुँजीबादी समाजले सबै मानिकसको भलो हुने काम सही ढंगले गर्न सकदैन । जसले गर्दा समाजमा कैंयौ खराबी र समस्यहरु उत्पन्न हुन्छ । समाजबादी राज्य ब्यवस्था भित्र मात्रै मानिसलाई धेरै हदसम्म पूर्ण स्वतन्त्रताको प्रत्यभूति दिलाउंछ । समाजबाद बाहेक अरु कुनै पनि सामाजिक ब्यवस्थाले यसले भन्दा उन्नत र उच्चस्तरको ब्यक्तिगत र उच्चस्तरको स्वतन्त्रताको छुट दिनसक्दैन् । वास्ताबमा उहाँले त्यस्तो समाजबादी ब्यवस्थाको निर्माणको सपना देख्नुभएको थियो, जहां युद्धको खतरा हुंदैन्, जहां सामान्यजनको जीवनमा प्रगति, खुशियाली र शान्तिले छाउँछ, जहां भोक, प्यास, लडाई हुंदैन , झगडा केही हुँदैन । हो, त्यस्तो समाजबादी ब्यवस्था, जहां मानिसमाथि मानिसको अमानबीय शोषण–उत्पीडन हुंदैन् । मानिसहरुमा भएको असीमीत प्रतिभा र क्षमताहरु स्वतन्त्र र समानरुपले पल्न–फूल्न पाउने समाजबादी ब्यवस्थाको निर्माण गर्ने चाहनुहुन्थ्यो ।
समाजबादी समाजमा काम नगरी बस्न पाइदैन् । समाजको प्रत्येक ब्यक्तिको लागि कामको ब्यवस्थापन गरीएका हुन्छ । ब्यक्तिको योग्यता र क्षमतानुसार कामको जिम्मेवारी हुन्छ । र कामको आधारमा श्रमिकहरुका ज्यालाका निर्धारण गरीएको हुन्छ । सबै काममा लागेतापनि समाजबादी ब्यवस्थामा आर्थिक हिसाबले सबै समान रहेको हुंदैन्न् । किनकी समाजमा कोही अल्छी, कोही जाँगारीलो हन्छन् । यसैगरी श्रमिकमा पनि कोही बिबाहीत र सोही स्तरका काम गर्ने सक्ने कोही श्रमिक अबिबाहीत हुन्छन् । बिबाहीतको लागि धेरै खर्च हुन्छ र कम बचत हुन्छ तर सोही काम बफत आएको रकमले अबिबाहीतको हकमा कम खर्च भएकोले बढी बचत हुन्छ । यसैले यो ब्यवस्थामा पनि सबै समान हुंदैन्न् । समान सापेक्षिक मात्रै हुन्छ् ।
उत्पादको जुनसुकै क्षेत्रमा काम गरेपनि समाजबादी समाजमा प्रत्येक ब्यक्ति श्रमिक हुन्छन् ।उत्पादनको साधनको सुब्यवस्था र सामाजिक सुरक्षाको निम्ति केही कटौती गरी प्रत्येक ब्यक्तिलाई उसले काम गरेअनुसार उपभोगको सामग्री प्राप्त गर्ने अधिकार हुन्छ । त्यो कटौटी गरेको रकम पनि फेरी स्वास्थ्य,शिक्षा र अरु प्रकारका सहुलियतका रुपमा श्रमिकहरुलाइ प्राप्त हुन्छ समाजबादी ब्यवस्थामा लैङ्गीक, जातीय र बर्गिय बिभेद हुँदैन् । समाजबादी समाजमा सबै प्रकारका असमानताहरुका समाप्ती गरिन्छ । जुन देशमा आधारभुत स्वतन्त्रता छैन त्यहाँ समाजबाद छ भन्न सकिदैन अहिले समाजबादका नाउँमा थुप्रै प्रयोग भएका छन् यद्यपी प्रयोग गरिएको देशमा पूर्णरुपमा सफल भएको पाइँदैन । समाजबाद आफै परिक्षणमा छ त्यसकारण कुन देश समाजबादी हो र कुन हैन भनेर किटान गर्ने अवस्था नरहेको राजनीतिक बिश्लेषक र जानकारहरु बताउँदै आएका छन् ।
३. साम्यबादी व्यवस्था
आफ्नो व्यक्तिगत भन्ने केहि नरहने र समुदायको स्वामित्वमा पुँजी रहने एउटा काल्पनिक राज्यलाइ साम्यबाद भन्दछन । यो एउटा सामाजिक र आर्थिक संरचना हो जुन सत्यतामा आधारित छ र त्यहाँ मानिसहरुमा पुँजी स्वामित्व एकार्कामा बराबर रहन्छ । यो एउटा यस्तो ब्यबस्था हो जहाँ पुँजी रहने व्यक्ति वा संस्थाको अस्त्तित्व रहँदैन । यहाँ साम्यबादी दलले शासन गर्दछ र कुनै बिपक्षी दलको संबैधानिक अस्थित्व रहँदैन । यो व्यवस्थामा राजा हुँदैन, एकदलीय शासन व्यवस्था हुन्छ । लोकतन्त्र, प्रजातन्त्र हँदैन, कुनै विपक्षी पार्टी हुँदैन, नेता हुँदैन । घर, गाडी निजी केही हुँदैन । ३ करोड जनता भएमा सबै जनताका प्रतिनिधि, सबै जनता हुन्छन् । यो व्यवस्था कसरी आउन सक्छ त रु क्रान्ति, द्वन्ध , वर्गसंघर्ष, मारकाट र रक्तपातको माध्यमबाट मात्र सम्भव हुन्छ भनिन्छ । जति रगतको खोलो बग्छ यो व्यवस्था अब परिबर्तन भयो भनेर खुसी हुन्छ र मात्र कम्युनिस्ट सिद्धान्त आउँछ भनिन्छ । यस व्यवस्थामा सिद्धान्ततः कोहीसँग पैसा पनि हुँदैन, मालिक पनि हुँदैन । सबै कुरा जनताको हो, सबै जनता हो ।
२० औं शताब्दीमा कार्लमाक्सको यो सिद्धान्त संसारभर चर्चित बन्यो । सन् १९१७ देखि १९७५ सम्म २३ देशहरुमा साम्यबादीहरु शासनमा आएको पाइन्छस् रूस, क्यूबा, चीन, लाओस, भियतनाम, उत्तर कोरिया, भेनेजुएला, कम्बोडिया आदि देशमा क्रान्ति सुरु भयो, तर आर्थिक रूपमा चीनबाहेक कुनै पनि देश सम्पन्न हुन सकेनन् । कार्ल माक्र्सको सिद्धान्त परिवर्तनमा आधारित छ । तर, यिनले लेखे मात्र, व्यवहारमा भने लागू गरेनन् । लेनिन, स्टालिन र माओले यो विचारधारा अँगाल्दै व्यवहारमा ल्याएको पाइन्छ । साम्यवादी व्यवस्था असफल हुँदै गयो । शक्तिशाली सोभियत संघमा कम्युनिष्ट विचारधारा असफल भयो । खेतमा काम गर्न जाऊ या फ्याक्ट्रीमा या कम्पनीमा, समान ज्याला हुने भयो ।
उदाहरणका लागि प्रतिव्यक्ति ३ हजार ज्याला भएमा जति नै दुःख गरे पनि उसको तलब ३ हजारबाट ४ हजार कहिल्यै नहुने । सबै बराबर हुने भएपछि मान्छेले मेहनत नै गर्न छेडे । मेहनत गरे पनि ३ हजार, नगरे पनि ३ हजार । ४ सय केजी आलु उत्पादन हुने ठाउँमा बढी मेहनत गरेर ५ सय केजी उत्पादन गरे पनि १ सय केजी बढी उत्पादन गरेछौँ भनेर न कसैले जस दिन्छ, न गुनगान गाउँछ । यस्तै हिसाबले मान्छेलाई दिक्क लागेर जनताले मेहनत नै गर्न छाडे । अमेरिका विश्वको सबैभन्दा सभ्य र विकसित देश बन्न गयो ।
साम्यवादी शासन भएको देशमा जनतामा नैराश्य छाउन थाल्यो । फलतः नयाँ चिजको विकास शून्य हुँदै गयो । मान्छेलाई सबैभन्दा ठूलो कुरा लोभ हुनु जरुरी छ । साम्यवाद असफल हुनुको अर्को कारण प्रतिस्पर्धा नहुनु हो । प्रतिस्पर्धा नहुँदा अल्छीपनको विकास हुँदै गयो । निष्कर्ष स् वर्तमान विश्वमा बसोबास गर्ने विभिन्न देशका नागरिकहरुमा धेरै प्रकारका असमानताहरु बिध्यमान छन् । यो २१औं शताब्दीमा गरिब, बिकासउन्मुख, र केहि बिकसित देशहरुमा धार्मिक, आर्थिक, सामाजिक, लैंगिक, जातीय, क्षेत्रीय, जस्ता अनेकौं विभेदहरु प्रस्टै देख्न सकिन्छ । बहुसंख्यक मानिस यस्ता असमानताबाट आजित छन् । त्यसकारण यो शताब्दीमा गरिबहरुका पँहुच नहुने पुँजीबादी ब्यवस्थाको समाप्ती र न्याय, समानता, स्वतन्त्रता, सुखले भरीपूर्ण ब्यवस्था समाजबादको बिजयी अनिबार्य छ । शासनमा लोकतन्त्र, समाजमा भाइचारा, अधिकार र बिशेष सुबिधाहरुमा समानता र शिक्षाको सार्बभौमिकता २१ औं शताब्दीमा सबैलाई अनिबार्य छ तर सिमित र मुठ्ठीभरको धनीहरुका पक्षपोष्ण गर्ने पुँजीबादी ब्यवस्थाले नेतृत्व गर्ने नसक्ने भएकाले पुँजीबादलाई कसैले बचाएर बच्न सक्ने अवस्था छैन् । समाजबादी ब्यवस्थामा सबैको पँहुच हुने भएकोले क्षमता भएका ब्यक्तिहरु अत्याधिक मात्रामा समाजमा देखिन्छन् ।
नेपालमा बहुपार्टी राजनीतिले सुरुदेखि नै समाजबादलाइ विशेष महत्व दिँदै आएका छन् । काँग्रेस र कम्युनिस्ट दुवै शक्तिले पार्टी स्थापनाकालदेखि नै आफ्ना दस्तावेजमा समाजबादलाइ प्रमुखता दिएका छन् । हुनत नेपाली काँग्रेसले बिपीले सुत्रपात गरेको प्रजातान्त्रिक समाजबाद र कम्युनिस्टले जनबाद भन्छन । तत्कालिन नेकपा एमाले र नेकपा ९ माओवादी केन्द्र० को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टीमा पनि २ ओटा धार देखा परेका छन् स् एक थरीले बिधि, बिधान , नीती ,घोषणापत्रमा समाजबाद उन्मुख देशको परिकल्पना गरे पनि ब्यबहारमा भने दलाल पुँजीबाद मार्फत नै देशको यात्रा अघि बढाउन खोजेको होकि जस्तो देखिन्छ । अर्को खेमामा रहेको क्रान्तीकारी बिचारधाराले सर्बहारावर्गलाइ उच्च प्राथमिकतामा राखी बिधि, विधान, सिद्धान्त, जनअपेक्षा अनुसार देशलाइ समाजबाद हुँदै साम्यवादतर्फ उन्मुख गराउने लक्ष्य लिएको छ । करिब २०० वर्ष देखि सामाजिक( आर्थिक विषयसंग जोडिएर आएको समाजवादको प्रसङ्ग वास्तबमा नै नेपालजस्तो विपन्न पछौटे, सीमान्त्रक्रित, विबेद र छुवाछुतमा डुबेको समाजमा समाजबादको आकर्षण जहिल्यै पनि हुने गर्दछ । प्रजातन्त्र पस्चात विभिन्न समयमा सम्पन्न भएका निर्वाचनहरुमा पनि नेपाली जनताले समाजबादी नारा बोकेका लोकतान्त्रिक राजनीतिक शक्तिलाइ आफ्नो अमुल्य मत दिएर जिताएका छन् ।
नेपालको संबिधान २०७२ ले नेपाली अर्थतन्त्र समाजबाद उन्मुख रहने भनि उल्लेख गरेको भएता पनि वर्तमान समयमा राजनैतिक नेतृत्वमा बढ्दै गएको सत्ता तथा व्यक्तिगत सम्पतिको मोह, सरकारी स्वामित्वमा रहेका संरचना नीजीकरण हुँदै जानु , सामान खरिद बिक्रीमा स्वं मन्त्रिहरुबाटै अनियमितता र भ्रस्टाचारको खुले आम रुप देखिनु । यी यावतले गर्दा संबिधान र आम नेपालीले आसा गरे अनुसारको समाजबाद देशमा स्थापित नभई पुँजीबादी दलाल अर्थव्यवस्था नै सक्रिय रुपमा सँचालन हुने खतरा देखा परिरहेको छ । समाजबाद एउटा विज्ञान हो र विज्ञान प्रयोग बिना सफल हुन सक्दैन । समाजबादको जति सुकै रटान लगाए पनि नेतृत्व वर्गको नैतीकता र आचरणमा सकारात्मक परिवर्तन नआएसम्म , व्यबहारमा प्रयोग नभएसम्म यो व्यवस्था केवल कागजको खोस्टा बाहेक अरु सिद्ध हुनै सक्दैन । त्यसकारण नेपाललाइ समाजबादतर्फ डोर्याउनका लागि समाजबादलाइ बैज्ञानिक प्रयोग , विचार र योजनासहित पुरा गर्नुको बिकल्प अरु देखिदैँन ।
-गौतम खड्का
Bsc. Ag 6th semester,
IAAS, Paklihawa Campus, Tribhuwan University
E-mail id: gautam.khadka04@gmail.com