हाम्रो डर कोभिडसंग हैन, हाम्रै भौतिक शरिर र संम्पत्तिको हो

|
आज आठौ दिन: ज्वरो, शरिर दुखिरहने, खान मन नलाग्ने, जागर नलाग्ने र शरिर कमजोरभएको छ । पट्याट लागेको छ तर मन बलियो छ ,अस्पताल जानै पर्ने warning/critical sign (छाती दुख्ने, श्वास लिन अप्ठेरो, टोलाउने, बेहोस हुने, ओठ निलो हुने) देखिएको छैन । बोल्न मन कसै संग छैन, तर पनि आफन्तहरूले सोधि खोजि गरिदियोस भन्ने मनले खोज्दो रहेछ,मानिस चिन्ने दुखको बेला भन्छन, नियाल्दै छु ।
श्रीमतीले जस्तै दैनिक काम र बिमा कम्पनिको डा. ले धेरै प्रश्नहरू सोध्छन ,डाक्टरको काम बिरामीबाट डाटा संकलन गर्ने र प्रयोगशाला बनाउन जस्तो लाग्यो ,राती १ बजे काम ज्वरो आउला जस्तो लक्ष्यणहरू देखियो । उठेर दुई गोलि सिटामोल खांए,सानो बच्चा जस्तै गुटुमुटु परे, तर निन्द्रा लाएन मनमा बच्चा मै गुटुमुटु परेका धेरै कुराहरू याद आए ।दिमागको हार्ड ड्राइभ खोलेर आफ्नो बाल्यकाल,जन्मघर, आमा, म र आज संझेर धेरै आधिबेहरी आए र छालहरू छचल्किए ,आँखा बाट कति पानी बगे, कति बेला थामिए, निदाएछु थाहै भएन ।
आज बिहान तेहि ड्राईभ खोलेर लेख्दैछु ,जे लेख्छु मनका कुरा लेख्ने कोशिस गर्नेछु । आज मेरो आफ्नो घर र कोठा छ,Attached bathroom छ सिटामोलको डब्बै छ,थर्मामिटर छ, water boiler छ । दुई कामदार Google र Siri ले मौखिक आदेशको भरमा धेरै जसो काम गर्छन ,Pulse oximeter छ ,Apple Watch ले मुटुको गति नाप्छ र EKG समेत गर्छ । आफ्नो ईच्छा अनुसारको नरम, कडा बेड, सिरानी, बेड कभर, ब्लाकेट छ,तातो पार्ने इलेक्ट्रिक ब्लाकेट छ ,कोठाको तामक्रम इच्छा अनुसार आदेशमा नियन्त्रण गर्न सक्छु र आफ्नो रूचि र इच्छा अनुसार खाना छ । केहि भए एक बटन बा बोलिमा ५ मिनेटमा एम्बुलेन्स ढोकामा हाजिर हुन्छ र यसको जानकारी आफ्नो परिबारलाई संगै जान्छ र दैनिक काम र बिमा कंपनीको डाक्टरको सम्पर्कमा छु ।
कुनै दिन गाउँमा सानोमा यहि शरिर यसरी नै रूघाखोकी लागि बिरामी हुदा सिटामोलको सट्टा पानी पट्टि थियो, पिसाब फेर्न घर बाहिर कम्तिमा पनि भर्यागं झरेर पेटि सम्म पुग्नु पर्थ्यो । पछाडिको झ्यालबाट तुर्कायो भने आधा कट्टु र झ्याल मै पर्दथ्यो ! कति रात त बेड मै छोडियो । पिसाब माथी नै सुतिन्थ्यो एक छिन त निक्कै तातो र न्यायो हुन्थ्यो ,पछि सेलाए पछि चिसो पुनानो डल्ला कपास, आमाको च्यातिएका धोति र थाग्नाहरू बेड र सिरानी त्यसैमा गुटमुटिनुको बिकल्प थिएन । ज्वरो फुटे पछि बिना औषधी शरिर पसिनै पसिना लुतरूक्क हुन्थ्यो,अर्को दिन बिहान आर्युबेदिक गुरू( जसलाई आज पनि म हाम्रो परिबार र गाऊको जिवन रक्षादाता मान्छु) जसले नाडी समाई अनुहार हेरेर घरायसी औषधी बनाएर दिनुहुन्थ्यो । थप खाना डाइट त कुरै थिएन ,हामी सन्चै हुन्थ्यौ र बाचेको ज्यान यहि हो ।
मेरो बाल्यकाल, नेपालको गरिबी र आजको म तुलना गरे ,म आफैलाई धेरा सुबिधा सम्पन्न पाए ,मनोबल धेरै बढ्यो । आफैलाई भाग्यमानी, सफल र बलियो बनाउनु छ भने माथि हैन सधै तल हेर्न सिन्नु पर्छ ।
त्यस बेला पनि रोग र भाइरश त पक्कै थियो होला तर डर भने बिकुल्ल थिएन,शरिर यहि हो न त कुनै PPE, isolation, infection control, lab, X-ray वा research वा मिडियाको गनगन ,खुशीसाथ बाचेकै थियौ । हिजो मेरो बाल्यकालको रात जस्तै आज पनि नेपालका गाऊका कति गरिबहरू गुज्रिरहेका होलान, आखाँ रसायो तर मन बलियो पारे ।
आज पनि बिदेशमा चिसोपानी र सिटामोल भरमा धेरै दिर्घरोगी बृद्दहरू बिना परिबारको सहयोग कोरोना जितेका उदाहरण थुप्रै छन । नेपालमा गाऊका गरिबहरू कति यस्ता नंया नया भाइरश र रोगहरू संग आज पनि एक्लै झुज्दै होलान, जुन कुरा सरकार र मिडियाको कानसम्म कहिल्यै पुग्दैन ।
नेपालको नेतृत्वले नेपाल भनेको काठमाडौ वा शहर मात्र हो भन्ने ठान्छ,किनकी सबै नेतृत्वको ससुराली नै काठमाडौ र शहर बनिसकेको छ । रानीपोखरी, धरहरा, चुच्चे नक्शा, जनकपुर रेल पूर्ननिर्माणले दुरदराजको एउटा गरिब किसानको झुपडीमा के कति फाइदा गर्ला ? बिपिको कुरा संझन्छु “हरेक काम वा योजना वा निर्णय गर्दा एक गरिब किसान हलिलाई के फाइदा हुन्छ बिचार गर्नुस” यति मुल मन्त्र मात्र याद गरेर काम गरे देश स्बर्ग बनि सक्थ्यो ।
सुबिधा सम्पन्न शहरको Computer labs मा बसेर PhD, research, Abstract, Articles लेखे जस्तो जिवन, ब्यबहार र बास्तबिकता हुदैन रहेछ । हिज शताब्दि अगाडी लेखिएका बेद, गिता, धर्मशास्त्रहरूले आज पनि बिश्वका मानवलाई जिवन बाच्न सिकाउदैछ । हाम्रै प्रम समेत अन्त्यमा गएर तेहि आर्युबेदको “बेसार” र धर्मशास्त्रका “राम” को शरण लिन पुगे,बेलैमा सबैले आफ्नो सोच्ने तरिका बदलौ ! कोराना भाइरश हावा बाटै सर्छ, त्यसैले यसको नियन्त्रण अशंभब छ भन्ने मेरो बुझाई हो । आजको मिति सम्म “ कोरोनाका बिरामी डाक्टर र अनुसन्धानकर्ताको ल्याब हो ।
आज बिदेश र शहरको सबै सुबिधा सम्पन्न ठाऊमा बसेर पनि हामी कोरोना बाट डराउदैछौ ,किनकी हामीहरूलाई हाम्रो भौतिक संम्पत्तीको लोभ छ । तर गाऊको गरिबलाई यति धेरै डर छ जस्तो मलाई पटक्कै लाग्दैन ।
हाम्रो अल्पबुद्दि र सोचले हामीलाई नै खाईरहेको छ ! हाम्रो डर कोभिड संग हैन, हाम्रै भौतिक शरिर र संम्पत्तिको हो ! प्रार्थना गर्ने सबैलाई सप्रेम
धन्यबाद
-महेश भट्टराई

२०७७ आश्विन ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।