
निष्पट्ट कालरात्रिझै अन्धकारमा,
थोरै आशाका रोशनीसङ्ग पौठेजोरी खेल्दै
यत्रतत्र छरिएका सपना र आकांक्षाका पोकाहरु
कुजिएको र चर्किएको मुटुले आफ्नो अस्तित्वसङ बिद्रोह गर्दै,
बिश्वमा निभ्दै गरेका शान्तिका बत्तिहरु हेर्छु,
अनि सोच्छु ती निभेका बत्तिहरु फेरि अब कहिले बल्नेछन् रु
तर अफ्सोस,
मुर्झाएका यी बिश्वका प्रयत्नहरु उज्यालो छर्न छाडिसकेछन् ११११
यो जीवाणु युद्धको कुहिरोभित्र निस्सासिएको धमिलो बाटोमा अल्झिदै,
अन्धमुष्टी निभेका बत्तिको अन्धकार बिच हराउन लगेको
संसारको उज्यालो भबिस्यको आशाहिन कल्पनामा डुब्दै गर्दा,
डर अनि कम्पनले मेरो मुटु थरथर थर्किन लाग्छ,
प्रश्न गर्छु आफैमा,
के भोलि बिशाल मानव अस्तित्वलाई सूक्ष्म जीवाणु ले पराजय गार्ला ररुरुरु
के साच्चै, धमिराको देवालको थाम समातेर,
क्षितिजको सुर्य सङै आफ्ना दिन गन्दै बाचेका बुढा बाजे,
अनि चर्किएको भित्तामा रहरको पाप्रो टाल्न मरुभूमि भाशिएको छोरोलाइ निधारमा पाली हालेर,
दुई छाकको याचना गर्दै
मिर्मिरे बिहानिको आशमा उभिएकी बुढि आमाले छोराको जिर्ण शरीर सङै कयौंदिन को भोक मेट्न सक्छिन होला
अहमतामा हराएको मानवताको सन्तापमा आफ्नो जिर्ण तन सल्काएर,
अभिशप्त सपना र अस्तित्वसङ रुमलिदै
बिश्वले कल्पनामा बुनेको स्वर्णिम भबिस्यका सुनौला बिहानीहरु,
निराशा र निशब्दताका काला बादलका खियाले खुम्चिदै,
जीवाणु तुषारोमा दबिएर बल्ने प्रयत्नमा जलेका बिश्वका सानहरु धप्प निभेका छ्न, बत्तीसरि
तर आशावादी छौ हामी बिश्वमा फेरि यी निभेका बत्तिहरु आवश्य सल्किने छन्, मानव अस्तित्व ले अवस्थ बिजय पाउने छ
-सन्ध्या अधिकारी
कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस