बिश्वको कोरोनाको ग्राफ हेर्दा यसको असर, संक्रमण कम भएको देखिन्छ । नेपालको परिपेक्ष्यमा हेर्दा ग्राफ बढदो छ । ग्राफ बढनुमा नेपालमा संक्रमणको रफ्तार बढेको भन्दा पनि परिक्षण बढ्नु मुख्य हो ।
गत हप्ता दिनमा ७०० भन्दा बढि संक्रमणको रेकर्ड देखिएको नेपालमा सरकारले परिक्षण घटाएको कारण फेरी संक्रमणको ग्राफ घट्न थालेकोछ ।
यस परिपेक्ष्यमा के विश्वास गर्न सकिन्छ भने परिक्षण जति बढायो संक्रमणको ग्राफ उति नै बढ्नेछ । यो नेपालमा मात्र होइन विश्वका सबै देशहरुमा परिक्षणको ग्राफको आधारमा संक्रमणको ग्राफ बढेको तथ्यले देखाउछ ।
केही देशहरुलाई छोडेर अन्य देशहरुको परिक्षण र संक्रमणको विश्लेषण गर्दा बढि परिक्षण गरेको मुलुकहरु अमेरिका, कोरिया, भारत लगाएतको संक्रमण दर ८ प्रतिशतको हाराहारीमा छ भने अन्य नेपाल जस्ता मुलुकहरु जसले परिक्षण नै कम गरेकोछ उनीहरुको संक्रमणको दर ३ प्रतिशतको हाराहारीमा छ । नेपालमा परिक्षणको आधारमा हेर्दा २.६ प्रतिशत संक्रमण देखिएकोछ ।
यस तथ्यलाई हेर्ने हो भने कुन देशमा कति व्यक्तिहरु संक्रमित छन भन्न सकिने अबस्था छैन । हामीले आज दिई रहेको तथ्याङ्क परिक्षण संख्याको आधार हो नकी आम नागरिकको संक्रमणको आधार ।
मैले यहाँ उठाउन खोजेको कुरा के हो भने विश्वमा हामीले जुन संख्यामा कोरोना संक्रमण भनिरहेकाछौं त्यो आम संक्रमणको तथ्य होईन मात्र परिक्षण गरेको मध्ये भेटिएको संक्रमित संख्या हो ।
यसको मतलब विश्वमा यस भाइरसबाट संक्रमितको संख्या केही गुना बढि नै छ र नेपालमा पनि आज हामीले भनेको संक्रमित भन्दा केही गुना बढि नैछ ।
तिन गम्भिर सोचनिय परिस्थितीः
पहिलो, संक्रमित व्यक्तिहरुमा लक्षण नदेखीनु । नेपालमा हाल सम्मको संक्रमित मध्ये ९९.७ प्रतिशत व्यक्तिहरुमा लक्षण नदेखिएको सरकारी तथ्याङ्क सर्बजनिक भएकोछ । यो अबस्था हामी जस्तो परिक्षण कम हुने र समुदायलाई नै परिक्षण गर्न सक्ने क्षमता नभएको देशको लागी डरलाग्दो अबस्था हो ।
यो अबस्था नेपालमामात्र होईन विश्वमा नै लक्षण नदेखिने अबस्था सिर्जना भएको देखिन्छ । पहिलो ३ महिना जसरी संक्रमितहरुमा स्पष्ट लक्षण देखिन्थ्यो आज त्यो अबस्था रहेको देखिदैन ।
लक्षण नदेखिएका व्यक्तिहरुबाट सुरक्षा सर्तकता कमी हुने हुदा यस प्रकारका संक्रमित व्यक्तिहरुबाट संक्रमण हुने अबस्था नै हामीहरुको लागी खतरनाक परिस्थिती हो । लक्षण नदेखीनुको कारण र यसको परिस्थती बारे सरकारले तुरुन्तै अध्यायन गर्नु पर्ने जरुरी रहेकोछ ।
दोश्रो, भाइरसले लुकाछिपी खेलिरहनु । विश्वका धेरै शहर र देशहरुमा कोरोना संक्रमण रोकिएको घोषणा गरिए पनि केही हप्ता पछि संक्रमण देखिनु र पुन लकडाउनमा जानु पर्ने अबस्था सिर्जना हुनु अर्को चिन्ताको विषय हो ।
नेपालमा पनि हामीले ६ जिल्लालाई संक्रमण फ्रि जिल्ला धोषणा गरी सकेकाछौं । यो तथ्य नै गलत छ किनकी त्यस जिल्लामा परिक्षण गर्दा संक्रमित देखिएकाहरुमात्र भाइरस मुक्त भएकाहुन, नकी जिल्लाका आम जनसमुदाय ।
विश्लेषकहरुको भनाई छ भाइरसले विस्तारै आफ्नो रुप र जिविय तत्व परिबर्तन गदै अगाडि बढि रहेकोछ । यदि यो विश्लेषण सत्य हो भने हामीले यस भाइरसको कहर कहिले सम्म थेग्नु पर्ने भन्न सक्ने अबस्था छैन ।
६ महिनाको यो लडाईमा मानव र भाइरस विच आफुलाई बलियो बनाउने लडाई भएको अनुमान गर्न सकिन्छ । मानिसहरु भाइरसलाई निस्तेज पार्ने क्षमता विस्तार गर्दै गएकाछन जसको कारण यसको संक्रमण विश्वमै घट्दोछ ।
तर सँगै सँगै भाइरसले पनि आफ्नो आक्रमणिय गुणलाई अझ मजबुद पार्दै चरणबद्ध आक्रमण गरिहेको अबस्थाछ । भाइरसले अप्mनो गुण र आक्रमणिय क्षमताको विकास गरेको कारण संक्रमित पुन देखिने र भाइरस मुक्त भएर पनि फेरी संक्रमण भेटिने अबस्था देखिएको हो ।
तेश्रो, संक्रमित व्यक्तिहरुमा लक्षण परिबर्तन हुनु । जसरी भाइरसको पहिलो संक्रमणको चरणको ३ महिनामा संक्रमित व्यक्तिहरुमा देखिएको लक्षणहरु र आज संक्रमित मानिसहरुमा देखिएको लक्षणहरु समेत परिबर्तन भएकाछन ।
विभिन्न देश, परिस्थिती, हावापानी र मानिसको जिनको आधारमा छुट्टा छुट्टै लक्षणहरु देखिएको अबस्थाछ । यो परिस्थिती अध्यायनकर्ताहरुको लागी समेत चुनौती रहेकोछ ।
यो अबस्था भनेको भाइरसहरुले उनीहरुको रुपमा परिबर्तन गरिरहेको र मानविय बातबरणमा आफु सहज रहन सक्ने अबस्थाको सिर्जना गरिएको कुरा बैज्ञानिकहरुले भनेकाछन ।
के नेपालले कोरोनासँग लड्न आज सम्म लिएको निती ठिक थियो त ?
यो ६ महिनामा नेपालले लिएको निती ठिक उल्टो देखिन्छ । विश्बको ति देशहरु जसले सफलतापुर्बक यस विरुद्ध लडे उनीहरुले संक्रमणको अबस्था तिब्र हुन थाले पछि लकडाउन गरेको देखिन्छ ।
तर हामीले त्यस्तो बेला लकडाउन गरेउ जुन बेला नेपालमा संक्रमण अबस्था अति नै न्यून थियो । हामी अब आउदो यो २ महिना बास्तबमै कठिन मोडमा छौं, समुदायस्तरमा नै संक्रमण हुने प्रष्ट संकेत देखिएकोछ तर हामी सार्बजनिक सवारी साधन समेत खुल्ला गर्ने तयारी गदैछौं ।
हिजो संक्रमण नै नभएको र एकले अर्कोलाई संक्रमण सार्ने अबस्था अति नै न्यून हुदाँ सडकमा मास्क लागाएर अति आबश्यक पर्दा निस्केका व्यक्तिहरु यति सम्मकी अस्पतालबाट घर फर्केका स्वस्थ्यकर्मीहरुलाई समेत डण्डा बजार्ने काम गरेऊ तर अहिले सबै खुल्ला गरेकाछौं ।
विना परिक्षण क्वारेन्टाइनमा रहेको व्यक्तीहरुलाई कुनै पनि लक्षण नदेखिएको आधारमा घर फिर्ता पठाइएको अबस्था छ । झण्डै नेपाल अधिराज्यभरी १ लाख हाराहारीमा क्यारेन्टाइनमा रहेका मानिसहरुलाई बिना परिक्षण पढाउनु ठूलो जोखिमको अबस्था हो ।
बास्तवमा ति व्यक्तिहरुलाई क्वारेन्टाइनमा भन्दा पहिला नै सेल्फ क्वारेन्टाइनमा राखिनु पर्ने थियो । न्यूनतम मापदण्ड समेत पुरा नगरेको अबस्थामा उनीहरुलाई समूहमा राखेर विना परिक्षण पठाउदा झन ठूलो जोखिम हामीले उठाएकाछौं
क्वारेन्टाइनबाट घर फर्केकाहरु अहिले धमाधम विरामी पर्नु र मर्ने अबस्था सिर्जना हुनु राज्यले लिएको यहि गतल निती नै हो । यसको परिणाम हामीले कुनै पनि समय कुनै पनि समुदायमा समुदायस्तरको संक्रमण अर्को २ महिनामा हुन सक्ने देखिन्छ ।
हामीले लकडाउन त गरेउ तर त्यो भाइरसको लागी लकडाउन भएन मात्र आर्थिक लकडाउन हुन पुग्यो । ४ महिनाको लकडाउनले देशलाई आर्थिकरुपले कमजोर बनाउने काम मात्र गर्यो । भाइरस नियन्त्रणमा लकडाउनले कुनै काम गरेको देखिदैन ।
हामीले लकडाउन कै विचमा काठमाडौंमा भाइरस प्रबेश गराउने काम गरेउ । लकडाउन विच शक्ती र पहुचको भरमा लाखौं मानिसहरुलाई काठमाडौं छिराउने काम गरेऊ । यो नै बिडम्बना भयो र काठमाडौं जस्तो अति जनघनत्व भएको शहरलाई सुरक्षित राख्न सक्ने मौका पाउदा पनि राख्न सकेनौं ।
सायद अबको २ महिना नेपालको लागी अति नै संबेदनशिल र भयानक हुने सम्भाबना स्पष्ट देखिन्छ । जसरी काठमाडौंमा संक्रमण फैलिदो छ त्यो पनि टा्रभल हिस्ट्री नै नभएको व्यक्तीहरुमा संक्रमण भेटिनु एक डरलाग्दो अबस्था हो ।
लगभग यो इटली स्पेनको अबस्था जस्तो देखिन्छ । इटली स्पेनमा ट्राभल हिष्ट्री नभएको अबस्थामा संक्रमणको आगो सल्केको थियो र त्यसले देशलाई भयानक अबस्था सिर्जना गराएको थियो ।
यो अबस्थामा काठमाडौंमा जे जती ठाँउमा संक्रमण भेटिएको छ त्यस क्षेत्रहरुको आम मानिसहरुमा परिक्षण गर्ने र रातो क्षेत्रको रुपमा राख्नु पर्नेमा झन सबै कुराहरु गोप्य राख्ने गरिएका देखियो । कम्तीमा संक्रमीत भेटिएको क्षेत्रलाई सेनिटाइज गर्ने र सबै समुदायका व्यक्तिहरुलाई परिक्षण गर्नु पर्ने हो, त्यो गरेका छैनौ ।
विश्वका ति सफल देशहरुलाइ हेर्ने हो भने ति देशहरुले संक्रमण देखिएको शहर नै सेनिटाइज गरेको र पुरै शहरको बासिन्दाको परिक्षण गरेका देखिन्न्छ । हो हामीले पुरै शहर परिक्षण गर्न नसकौला तर अबश्य सिमित ति समुदायमा यसको परिक्षण गर्न र सेनिटाइज गर्न सक्छौं । राज्यसँग पैसा छैन भने सुपथ मूल्यमा नागरिकहरु नै परिक्षण गर्न तयार रहेको अबस्थाछ ।
तर राज्य संक्रमण संख्या लुकाउन खोजे जस्तो देखिन्छ । प्रइभेट परिक्षणलाई रोक्ने, आफ्नो परिक्षण दर घटाउने, संकलित स्वाप परिक्षण विना फिर्ता गर्ने र स्वाप संकलन नै कम गर्ने अबस्थामा राज्य पुगेको देखिएको छ । यो अबस्था राज्यको लापरबाहीको पराकाष्ठ हो ।
अब के गर्ने ?
अर्को २ महिना काठमाडौंलाई साबधानीका साथ शिल गर्नु जरुरीछ । साबधानी पूर्बक शिल यी ३ प्रकृयाबाट गर्न सकिन्छ ।
पहिलो, रातो क्षेत्र भित्र पर्ने कुनै पनि व्यवसायहरुलाई नखोल्ने । मुख्यतयः होटल, रेष्टुरेन्ट (टेक ओए बाहेक), पुल, सर्बजनिक यातयात, विद्यालय, सिनेमा, मल(किराना र तरकारी पसल बाहेक) पाटी प्यालेस, धार्मिकस्थल, बगैचा, खेल क्षेत्रहरु (खेलाडि मात्र रहेर गर्ने बाहेक), सभा, जुलुस, धर्ना जस्ता राजनितीक गतिविधीलाई पूणरुपमा नियन्त्रण हुनु जरुरीछ ।
यी यस्ता क्षेत्रहरु हुन जसले सयौको संख्यामा संक्रमण गराउन सक्छन । इटली र स्पेनमा फुटवल खेल हेर्न जम्मा भएको भिडबाट संक्रमणको आगो सल्लेको मानिएकोछ । राज्यले यि व्यवसायीहरुलाई स्पेसल राहत प्याकेज दिएर अर्को २ महिना पूर्ण त निषेध गर्नु आबश्यकछ ।
दोश्रो, परिक्षणको गतिलाई बढाउने । मुख्यतयः काठमाडौं उपत्यकाको सबै क्षेत्रहरु जहाँ संक्रमण भेटिएको छ ति क्षेत्रहरुलाई जोखिमको क्षेत्र घोषणा गरि त्यस क्षेत्रका सबै बासिन्दाहरुको परिक्षण तुरुन्तै गर्नुपर्छ । यसबाट उक्त क्षेत्रको जोखिमको आँकलन गर्न सकिन्छ भने लक्षण विना रहने भाइरसको यो रुपबाट संक्रमणलाई अध्यधिक घटाउन सकिन्छ ।
साथ साथै त्यसरी संक्रमित रहेको क्षेत्रहरुबारे आम जनसमुदायलाई जानकारी गराउने र ति क्षेत्रहरुमा जादाँ बढि होसियारी आपनाउन आम सर्बसाधारणलाई सेचत गराउने काम पनि गर्नु पर्ने देखिन्छ । किनकी अब हामी पूर्ण लकडाउन गर्न सक्ने अबस्थामा छैनौ ।
त्यस्ता क्षेत्रहरुमा होडिङ बोर्ड अथवा त्यस्तै अन्य संकेतका चिन्हहरु राख्न सकिन्छ । जसबाट आम जनताहरु सचेत हुन सकुन । पोजिटिभ संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएको सबै व्यक्तिहरुको जसरी पहिला परिक्षण गरिन्थ्यो त्यो प्रक्रियालाई रोक्ने र संकलित स्वापहरु समेत फिर्ता गर्ने जुन कार्यहरु सरकारबाट भएको छ त्यसलाई तुरन्तै रोेकि परिक्षणलाई तिब्रता दिनु जरुरी छ
लक्षण नदेखिने यो अबस्थामा संक्रमीतहरु पत्तालगाउने आधार भनेकै परिक्षण हो । परिक्षणलाई कम गर्नु भनेको जोखिम उच्च बढाउनु हो ।
तेश्रो, अन्तराष्ट्रिय हवाई उडान समेत अर्को २ महिनालाई रोक्नु अति आबश्यक छ । विश्वमा नै संक्रमित हुनेहरुमा लक्षण नदेखिने र लक्षणहरु पनि फरक देखिएको यो अबस्थामा सक्रमित व्यक्तिहरु पहिचान गर्न कठिन भएको यस अबस्थामा अन्तराष्ट्रिय हवाई मार्ग खुल्ला गर्दा जती साबधानी अपनाए पनि भाइरसको संक्रमण रोक्न सक्ने अबस्था देखिदैन ।
डरलाग्दो अबस्था त के हो भने ति देशहरु जहाँ अहिले संक्रमण छैन भनिएको छ त्याहाका जनताहरुले भाइरससँग लड्ने क्षमताको विकास गरेको हुन सक्छ । तर त्यो व्यक्ति संक्रमित नै पनि हुन सक्छ ।
यस अबस्थामा बाहिरबाट आएको कुनै संक्रमित ब्यक्तिले परिवर्तित रुपको भाइरस नेपालमा प्रबेश गराउन सक्ने सम्भावना समेत देखिन्छ । यो अबस्था आउनु भनेको नेपालको लागी अर्को समस्या हुनसक्छ ।
भारतबाट घर फर्कने आबस्था न्यून भएको छ तर फर्कने क्रम रोकिएको छैन । राज्यले सबभन्दा बढि ध्यान केन्द्रित गर्नु पर्ने क्षेत्रनै भारतिय बोर्डर हो । फर्कन चाहाने आम नागरिकहरुलाई विश्वासमा लिएर परिक्षण पश्चातमात्र गाँउ छिर्न दिने बातबरण बनाउनु जरुरी छ ।
हिजोको मुख्या समस्या नै यो थियो । हामीले घर फर्कन चाहानेहरुलाई बैधानिक बाटोमात्र रोक्यौ तर उनीहरु रातारात चोरबाटोबाट गाँउ प्रबेश गरे । बाँकी नागरिकहरुलाई अव्यवस्थित क्वारेन्टाइनमा राखियो र क्वारेन्टाइन नै सक्रमणको केन्द्र बन्न पुग्यो । यसरी १४ दिन अव्यवस्थित क्वारेन्टाइनमा राखेर विना परिक्षण घर पठाउने महागल्ती गरेऔं ।
आजको यस परिस्थिीतीमा भारतबाट नेपाल आउन चाहानेहरुलाई व्यवस्थित क्वारेन्टाइन र परिक्षण पश्चात घर फर्कने सुरक्षित बातबरण दिन सकेमा हामीले झण्डै ५० प्रतिशत संक्रमण स्वतः रोक्न सक्नेछौं ।
अन्तमा अबको २ महिना हामीहरुको अग्नी परिक्षाको अबस्था हो । जसरी पनि भिडभाड कम गर्ने, सुरक्षित बातबरणमा व्यवसाय संचालन गर्ने, अति आबश्यक पर्दा बाहेक कुनै पनि हालतमा घर बाहिर ननिस्कने बानी आम नागरिकहरुले बनाउनु जरुरी छ ।
राज्यले परिक्षणको दायरा अत्यधिक बढाउने, संक्रमित क्षेत्रहरुलाई सुरक्षित राख्ने, रातो क्षेत्रमा पर्ने व्यवसायहरुलाई तत्काल रोक्ने र अन्तरष्ट्रियस्तरबाट र भारतबाट हुने संक्रमण रोक्नको लागी राम्रो भुमिका खेल्नु जरुरी छ । नत्र नजिकिदै गरेको हामी नेपालीको महान चाँड दशै वियोगको चाँडको रुपमा परिबर्तन हुन सक्नेछ ।
२०७७ श्रावण १, बिहीबार प्रकाशित