
शितल विश्वकर्मा / डिसेम्वर २०१९ मा चीनको उहानबाट शुरु भएको कोरोना भाइरसले नेपाल सहित विश्वलाई त्रसित बनाएको छ । चीनको कडा शासन व्यवस्थाले एक प्रान्तबाट अर्को प्रान्तमा कोरोना फैलिन नपाएको धेरैको मान्यता छ । दक्षिण कोरियाले लकडाउन नगरी कोरोना नियन्त्रणमा लिएको उदाहरण छ । कयौं विकसित मुलकहरु बेलायत, अमेरिका लगाएत अन्य देशहरुमा कोरोना संक्रमितको दर उच्च छ र ति मुलुकमा मृत्युदर पनि विश्वकै उच्च विन्दुमा पुगेको छ ।
चीन तथा बेलायतको खोजको पहिलो चरण सफल भएको खबर आउन थालेको छ । ती विकसित मुलुकले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्न नसक्ने कुरा गर्दै लकडाउन खुकुलो बनाएर जीवनलाई सहज बनाउने तर्फ अघि बढीरहेका छन् । भारतले पनि में २५ बाट हवाई उडान सञ्चालन गर्ने निर्णय ग¥योे साथै लकडाउनलाई पनि विस्तारै खुकुलो बनाउन अग्रसर भएको देखिन्छ । नेपालले लकडाउन गरेको करीब तीन महिना हुन लाग्यो । गत चैत्र १० गतेबाट लागु गरिएको लकडाउनले एसईई देखि विश्वविद्यालयहरुको परीक्षालाई प्रभावित पा¥यो । सम्पूर्ण हवाई यतायात तथा सार्वजनिक सवारीका साधनहरु बन्द गरिएका छन । कोरोना नियन्त्रणका लागि लकडाउन गर्नु त्यस बखतमा अति आवश्यक थियो । कोरोना नियन्त्रणका लागि गरिने पहिलो चरणको आवश्यक कदम नै लकडाउन रहेको कुरा अन्तराष्ट्रिय अभ्यासबाट समेत पुष्टि भएको छ । लकडाउन गरेपछि नेपालमा कोरोना संक्रमितको दर पनि बढेको छ । यसको मुख्य कारण भारतको खुल्ला सिमानाबाट लुकीछिपी नेपाल प्रवेश गर्नु, जनस्तरमा यस बारे बुझाउन नसक्नु, लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु आदि हुन ।
सरकारले मिति २०७६ साल चैत्र ११ गते देखि नेपाल भर लकडाउन शुरु गरे यता मानिसको जिवनयापन तथा दैनिक कार्य संचालनमा निकै कष्टकर बन्दै गयो । सरकारको तयारीको अभाव तथा भावी रणनैतिक योजना नभएकोले श्रमजीवी, मजदुर, सर्वराधारण लगायत विभिन्न कलकारखाना, उद्योगधन्दा, सामाजिक विकासका कार्य र भौतिक पूर्वाधार निर्माणका कार्यमा झनै बाधा पुग्यो । कोभिड–१९ को असरलाई रोकथाम गर्न सरकारले गरेको लकडाउन सकरात्मक थियो यद्यपी कोभिड–१९ बाट प्रभावित दैनिक ज्याला मजदुर गर्ने सर्वसाधारण, श्रमजिवीहरुका लागि राहात प्याकेज उपलव्ध नगराउनु कोभिड–१९ का संक्रमितहरुलाई ध्ज्इ को मापदण्ड अनुसनर क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नु आम मानव जीवनको लागि दैनिकी कष्टकर र आत्महत्याको लागि प्रोत्साहित गर्ने कारणको रुपमा समावित भयो । लामो लकडाउन र दैनिक जीवन निर्वाह आम मानिसहरुका लागि चुनौतीको रुपमा स्थापित भयो । अन्ततः जनताहरु कोभिड–१९ बाट मृत्यु हुने डरले भन्दा पनि भोकले मर्ने ठुलो चिन्ता भयो । लकडाउन खुकुलो बनाउनको लागि राज्यले गरेको निर्णय विपरित अवज्ञा गरि सडकमा उत्रनु पर्ने बाध्यात्मक अवस्था सुजना भयो । यसरी मानव जीवनका लागि रोगसंग लड्नु भन्दा पनि भोकसंग लड्नु पर्ने अवस्था भयो ।
विश्वमा आफुलाई शतिmशाली भन्ने देशहरु पनि यो महामारी सामु आफ्नो शिर झुकाउनु परेको छ । आफुलाई विश्वमा आर्थिक रुपमा बलियो देश भनि चिनाउनेहर पनि यसको प्रभावको चरम बिन्दु नागेको छ । यसकारण हामीहरुले यस्तो बानीको विकास गर्नु पर्छ कि स्वरोजगारको सृजना गरि आत्मनिर्भर हुनु पर्छ । पश्चिमा मुलुकका जनताले पनि पूर्र्वीय संस्कृति, रीतिरिवाजको प्रशंसा गर्न थालेका छन । घरभित्र सोझै पस्नु अघि हातमुख धुने, सम्भव भएसम्म बस्त्र फेरेर मात्र भित्र पस्ने र बाहिर पनि कसैसँग हात नमिलाउने, नमस्कार गर्ने, अंकमाल नगर्ने, बेलाबेलामा हात धोइरहने वा स्यानिटाइजरको प्रयोग गरेमा निरोगी रहन मद्धत गर्ने कुरा हामीलाई यो लकडाउनले सिकायो ।
लकडाउन बढ्दै जाने र सरकारले यस तर्फ ध्यान नदिने हो भने कयौं मानिस भोकै मर्ने र मानसिक रोग बढ्ने संभावना धेरै छ । रोजगारदाता कम्पनीलाई राहतको कुनै घोषणा नहुँदा ती संस्था आफैँमा धराशयी बन्दै गएका छन् । त्यसै क्रममा मैले गरिरहेको कामलाई पनि ठुलो असर प¥यो । समुदाय स्तरका सम्पूर्ण कामहरु रोक्नु प¥यो । दातृ संस्थाले तोकेको समयावधिमा कार्य सम्पन्न गर्न सकिएन । कामको चाप बढायो ।
समुदाय स्तरको गतिविधि परिचालन गर्नका लागि स्थानीय स्तरका जनप्रतिनिधि र सामाजिक अगुवाहरुसंग संचारको माध्यमद्वारा सामन्य कामकाजलाई संचालन गरियो । विभिन्न सामाजिक संजालको प्रयोग गरि खबर आदान प्रदान गरियो । नेपाल सरकारले पालन गर्ने भनि तय गरेको निषेधाज्ञाको पूर्ण पालन गरियो । WHO को मापदण्ड अनुसार कोभिड–१९ को संक्रमणबाट बच्नको लागि पालना गर्ने नितिनियमहरुलाई आत्मसाथ गरियो । जस्तै, सामाजिक दुरी कायम, हात मिचिमिची धुने, घरमै बस्ने, माक्सको प्रयोग, भिडभाडमा नजाने, सेनिटाईजको प्रयोग गर्ने, स्वास्थ्य मन्त्रालयको सुचना तथा जानकारीमा नियमित भइरहने । अरुलाई पनि सचेत गराउने, जस्ता अभ्यास गर्ने गरेको छु ।
ठेगाना: गेरुवा गाउँपालिका १
हाल गुलरिया नगपालिका ७,वर्दिया