बालबालिका असल र अनुशासित होउन् भन्ने चाहना सबैको हुन्छ । अभिभावक हुन् या शिक्षक सबैले बालबालिकालाई उचित शिक्षा दीक्षाका साथ राम्रो वातावरणमा हुर्काउने चाहना हुन्छ । अभिभावकहरु आफ्ना बालबालिका शिक्षित होउन्, सुसंस्कृत होउन्, उनीहरुको चौतर्फी विकास होस् भन्ने नै चाहन्छन् र यसको एक प्रमुख माध्यमका रुपमा रहेको विद्यालय माथि भर गरिएको हुन्छ । विद्यालयसँग सम्बन्धित व्यक्तिहरु पनि त्यसैका लागि सघाउ पु¥याईरहेको बताउछन् । तर कतिपय भनाई र गराईमा भने धेरै फरक रहन गएको पनि देखिन्छ । जानेर, नजानेर हो वा हेल्चेक्र्र्याई वा दायित्वबोधको अभावले हो, बालबालिकाप्रति अभिभावकले गर्ने विभिन्न व्यवहार र विद्यालयको व्यवहार एवम् वातावरण बालबालिकालागि सजिलो, सुहाउँदो र उपयोगी नभई रहेको प्रशस्त देख्न, सुन्न पाईन्छ । बालबालिका स्वभावैले चन्चल हुन्छन्, नयाँ कुरा सिक्न बुझ्न चाहन्छन्, प्रयोग गर्न चाहन्छन्, उत्सुक हुन्छन्, सिको गर्न खोज्छन् र यीनै कारण उनीहरुबाट भएका कतिपय क्रियाकलापहरु वयस्कका आँखाबाट सही नलाग्न सक्छन्, अनि उनीहरुलाई सही बाटोमा ल्याउने भनेर शारीरिक मानसिक सजाय दिने जस्ता गलत प्रक्रिया अपनाइ रहेको हुन्छन् ।
बालबालिकाले जीवनको महत्वपूर्ण समय घर र विद्यालयमा खर्चिन्छन् । घर र विद्यालयबाट बालबालिकाले शिक्षामात्र नभई जीवनसम्बन्धी विविध ज्ञान सीप समेत प्राप्त गर्ने गर्दछन् । यदी घर र विद्यालय बालमैत्री वा बालबालिकाको लागि सुहाउँदो भएन भने बालबालिकाको सिकाई उपलब्धी मात्र कम हुने नभई उनीहरुलाई विभिन्न नकारात्मक प्रभाव समेत पर्न जान्छ । बाल्यकाललाई मानव जीवनको सबैभन्दा महत्वपूर्ण, सम्वेदनशील र नाजुक अवस्थाको अवधिको रुपमा लिइन्छ । बाल्यकालमा भोगेका, देखेका कुराहरुले मानिसको सम्पूर्ण जीवनलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले घरपरिवार,विद्यालय वा समुदायमा बालबालिकाको निम्ति र बालबालिकाका साथमा गरिने सबै गतिविधिहरु उमेर, क्षमता र अवस्था अनुरुप उनीहरुका लागि सुहाउँदो र सरल हुनु पर्दछ । तर कतिपय अवस्थामा हामीले जे भोगेका थियौं, त्यही दोहो¥याई रहेका पनि हुन सक्छौं । जसमा सुधारको खाँचो महसुस नभईरहेको पनि हुन सक्दछ । वयस्कहरुको दृष्टिमा सामान्य र मामुली लाग्ने कुराहरु पनि बालबालिकाकालगि अत्यन्त महत्वपूर्ण र गम्भीर हुन सक्दछन् । बालबालिका प्रति गरिने व्यवहार र हरेक गतिविधिहरुलाई बयस्कको पक्षबाट मात्रै नभई बालबालिकाका पक्षबाट पनि हेर्नु र महसुस गर्नु आवश्यक हुन्छ । बालबालिकाको उमेर, क्षमता, वर्तमान अवस्था र कतिपय सन्दर्भमा तिनीहरूको पृष्ठभूमी समेतका आधारमा प्रत्येक बालबालिकाको विशिष्ट आवश्यकतालाई ध्यान दिएर व्यवहार गर्न सकिएमा नै त्यो वढी प्रभावकारी हुन सक्दछ । सामान्यतयाः हामीले गरिआएका व्यवहारहरु हेर्ने हो भने कतिपय “वास्तविक सीमितता” र कतिपय “सिर्जित सीमितता” का आडमा बालबालिकाको प्राथमिकता तथा आवश्यकताहरुलाई यथोचित ध्यान नपु¥याईरहेका हुन सक्दछौं । अनुशासन कायम गर्ने बहनामा बालबालिकालाई सजाय दिने कुरालाई प्रायः विद्यालय सँग मात्रै जोडेर हेर्ने गरिन्छ । तर यो विद्यालय भित्रमात्रै सिमित नभई घरपरिवार, समुदाय, लगायत सबैतिर जहाँ बालबालिका छन्, त्यहाँ हुने गरेको पाइन्छ ।
क) अनुशासन र सजाय
बालबालिकाका लागि पहिलो घरपरिवार र दोश्रो विद्यालय धेरै कुराहरु सिक्ने ठाउँ हो । जहाँ बालबालिकाले जीवनको एक महत्वपूर्ण पक्ष “अनुशासन”को बारेमा पनि सिक्नुपर्दछ । तर “अनुशासन” सजायको डरले नभई यो जीवनको एक अभिन्न अङ्ग हो भन्ने रुपमा स्वभाविक ढङ्गले लिन, बुझ्न सक्ने वातावरण श्रृजना गरिनु पर्दछ । के–केलाई अनुशासन भित्र राख्ने नराख्ने भन्ने कुरा बालबालिकाको आधारभूत अधिकार, वयस्कहरुको दायित्व लगायतका विषयका आधारमा तय गरिनु पर्दछ । यस सन्दर्भमा बालअधिकारका आधारभूत सिद्धान्तहरुः बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिइनु, बालबालिकालाई कुनै पनि आधारमा भेदभाव नगरिनु, बालबालिकाको दीर्घ जीवन र विकासलाई ध्यान दिइनु, बालबालिकाको विचार र भावनालाई उचित मान्यता दिइनु पर्ने कुरालाई बिर्सन हुदैन । यसै गरी हाम्रा हरेक कार्यले बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागी हुन पाउने बालअधिकारका चार पक्षहरुमा आघात पु¥याउन हुदैन । कोही पनि बालबालिका अनुशासन विहीन हुन हुदैन र अत्यन्त कडा, कठोर अनुशासनले पनि बालबालिकाको स्वभाविक विकासमा वाधा नै पु¥याउँछ भन्ने कुरामा पनि सबैको ध्यान जान आवस्यक छ । अनुशासन कायम गर्ने नाममा बालबालिकालाई धेरै र कतिपय अमानवीय सजायहरु प्नि दिईएको पाईन्छ । सजायले तत्काल एक छिनलाई समस्या समाधान भएको जस्तो देखिएता पनि यसको दीर्घकालीन परिणाम भने राम्रो हुँदैन । तसर्थ अनुशासन कायम गराउन डर र दवाव होईन समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ । सही अनुशासनले बालबालिकालाई “सिकाउँछ” तर सजायले बालबालिकालाई “पीडा” दिन्छ । तसर्थ सिकाउने नाममा बालबालिकालाई दिइएको पीडाले सकारात्मक परिवर्तन ल्याउन अझ कठीन बनाउन सक्छ । अनुशासन किन चाहिन्छ भन्ने बारेमा बालबालिकालाई स्पष्ट गरिनु पर्दछ । बालबालिकालाई डर, बल, करले होइन रहरले अनुशासित बन्ने वातावरण सिर्जना गरिनु पर्छ र त्यसको पूर्ण जिम्मेवारी वयस्कहरुमा रहेको हुन्छ । अरु अनुशासनमा बसेको देख्न चाहनेले आफु पनि अनुशासनमा रहनु अत्यावश्यक हुन्छ भन्ने कुरालाई बिर्सन हुदैंन ।
ख) अनुशासन कायम र आत्मविश्वास
घरपरिवार र विद्यालयमा अनुशासन कायम गराउनु महत्वपूर्ण हुन्छ । अनुशासनलाई सही ढङ्गले परिभाषित तथा कार्यान्वयन गर्न गराउन नसकेमा त्यो “कुशासन” हुन पुग्छ र “विद्रोह” जन्मन्छ । कतिपय अवश्थामा विद्रोह आवश्यक र सकारात्मक पनि हुन सक्छ भने यसलाई सही ढङ्गले समायोजन गर्न नसकिएमा परिणाम नकारात्मक हुन पुक्दछ । विभिन्न अनपेक्षित व्यवहार, क्रियाकलापबाट बालबालिकाले आफ्नो विद्रोह जनाईरहेका हुन सक्छन् र त्यसलाई नियन्त्रण गर्न हामीले पुनः परम्परागत शैलिमा “कडा अनुशासन पालनाका लागि सजाय” को आड लिइरहेका हुन सक्छौं । यस घनचक्करबाट बालबालिकामा अझ बढी नकारात्मक प्रभाव परिरहेका पनि हुनसक्छ । अनुशासन कायम गर्ने नाममा धेरै अप्रीय घटनाहरु भएका छन् । तसर्थ अनुशासन, सजाय र आत्मविश्वास बीच उचित समन्वय हुनु पर्दछ । बालबालिकालाई स्वनियन्त्रित बनाउन तथा उनीहरुको आत्मविश्वास बढाउन सकारात्मक ढङ्गमा सिकाईने कुरा नै अनुशासन हो । सकारात्मक अनुशासनको मूल कुरा भनेको प्रोत्साहित गर्नु हो, कुन व्यवहार किन राम्रो हो वा नराम्रो हो भन्ने बारेमा स्पष्ट पार्नु हो । अनुशासन र आत्मविश्वास वा आत्मसम्मानको एकआपसमा अत्यन्त महत्वपूर्ण सम्बन्ध रहेको हुन्छ । अनुशासनविहीन बालबालिकाहरु, आत्मसम्मान वा आत्मविश्वासका साथ हुर्कन सक्दैनन् । त्यसैगरी आत्मसम्मान विनाको अनुशासन कोरा बन्धन हुन पुग्दछ र यसले पनि बालबालिकाको स्वभाविक विकासलाई बाधा पु¥याउँछ । हामी बालबालिकाको कतिपय स्वभावमा परिवर्तन चाहन्छौं र त्यसैले उनीहरुका लागि “कडा अनुशासन” बनाउने पनि गर्दछौं । तर हरेक कुरामा यसो गर्नु हुदैन उसो गर्नु हुदैंन भनेर “हुदैन, हुदैन” मात्रै भन्यौं भने बालबालिकाको आत्मविश्वास कमजोर हुदैं जान्छ । कतिपय अवश्थामा त्यो “हुँदैन, हुँदैन” को विकल्प के हो बालबालिकाले बुझ्ने गरी देखाईदिनु पनि पर्दछ । हामीले उनीहरुको व्यवहारमा, स्वभावमा परिवर्तन ल्याउनु छ भने पनि सबैमा एकै चोटी परिवर्तन ल्याउँछु भनेर हरेक कुरामा बन्देज गर्नुहँुदैंन । जुन स्वभाव परिवर्तन गर्न अति आवश्यक छ, (त्यस्तो व्यवहार जसले उसलाई एक्ल्याउँछ वा उसैलाई हानि पु¥याउँछ, वा समूहलाई नै हानि पु¥याउँछ) त्यस्ता कुराहरुमा मात्रै पहिला केन्द्रित हुनुपर्दछ । दृष्टिकोण अनुसार नै पूर्णतः हामीले भने अनुसार कै अर्थात् साँचोमा हालेर बनाएको ईंटा जस्तो चारकुने ठ्याक्कै मिलेको हुनुपर्छ भनेर बालबालिकाको हरेक कुरामा परिवर्तन खोजिनु हुँदैन । बालबालिका आफैंमा महत्वपूर्ण छन्, उनीहरु भित्रै क्षमता छ र उनीहरुले गर्न सक्छन् भन्ने सोचका साथ सकारात्मक ढङ्गमा आत्मविश्वास बढाउनुपर्छ ।
बालविकासकाक्रममा उनीहरुमा आउने स्वभाविक परिवर्तन र विषेश आवश्यकताहरुलाई महसुस गर्दै सोही अनुसारको व्यवहार गरिनु पर्छ । तर सबै बालबालिकाको बुझ्ने, ग्रहण गर्ने, बिचार गर्ने क्षमताको विकास समान स्तरमा भएको हुँदैन भन्ने कुरामा पनि ध्यान दिनु पर्छ ।
ग) बालबालिकाको आत्मबिश्वास बढाउन ध्यान दिनुपर्ने कुराहरु
बालबालिकाको विशेष क्षमता, योग्यतालाई पत्ता लगाउने, उक्त क्षमता, योग्यता, सीपलाई बालबालिका आफैंले देख्न सक्ने बनाउन सहयोग गर्न र त्यसको विकासका निम्ति, निरन्तरताका निम्ति उचित वातावरण बनाईदिने, बालबालिका जुन अवस्थामा छन्, त्यसै सन्दर्भमा उनीहरुका नकारात्मक वा अनपेक्षीत स्वभावहरुलाई हेर्ने,बालबालिकालाई होच्याउनु वा उनीहरुको अस्तित्वलाई न्यूनीकरण गर्न पनि हुँदैन भने अवस्थानुसार उनीहरु संग अत्याधिक अपेक्षा पनि राख्नु हुदैन, बालबालिकाको क्षेत्रमा काम गरेको लामो अनुभवबाट बालबालिकामा परिवर्तन ल्याउन चार स अर्थात् समय, संयमता, समझदारी र सहभागिताको अधिक आवश्यकता पर्छ भन्ने ठम्याई रहेकोछ । बालबालिकाको स्वभावमा, व्यवहारमा उचित ढङ्गले परिवर्तन ल्याउन आफुले पनि गुणस्तरीय समय दिन आवश्यक हुन्छ । बालबालिकाको स्वभाव छुमन्तर गरेर परिवर्तन हुँदैन र यो प्रक्रिया पूरा हुन समय लाग्छ भन्ने कुरामा स्पष्ट हुनु पर्दछ । हतारमा नत हामीले बालबालिकाका गुण कुरा बुझ्न सक्छौं, न त बालबालिकाले नै हामीले छाँटेको व्याख्यान बुझेर अनुभूत गर्न सक्छन् । यसैगरी आफ्नो संयमतालाई गुमाउनु नै हु“दैन,कतिपय अवस्थामा बालबालिकाले रीस उठ्ने वा होच्याउने, दोष दिने ढङ्गले कुरा गर्न पनि सक्दछन्, आवेगमा आउने, उत्तेजित हुने पनि हुन सक्दछन्, त्यस बेला आफू संयमित हुनै पर्छ र उसका कुरा सुन्नु पर्छ । हामीले नै संयमता गुमायौं भने समाधान तर्फ उन्मुख हुन नै सक्दैनौं । समस्या प्रति र सुधारका प्रक्रिया प्रति बालबालिका, परिवार र आफु तथा आफ्ना सहकर्मीहरु बीच समझदारी कायम गरिनु पर्दछ । कुनै पनि अनपेक्षित व्यवहारहरुलाई सबै सहकर्मीले समान रुपमा हेर्ने समझदारी हुन आवस्यक छ, अन्यथा कसैले त्यही घटनालाई सामान्य रुपमा लिने वा वास्ता नगर्ने र कसैले गम्भीर रुपमा लिने अवस्था आयो भने बालबालिका अलमलमा पर्नुका साथै सुधारका प्रयत्नहरु प्रभावकारी नहुन सक्छन् । सबै सुधारका कार्यमा बालबालिका स्वयम्का साथै अन्य सरोकारवालाहरुको सहभागितालाई महत्व दिईनु पर्दछ । वास्तविक प्रशंसाबाट बालबालिकाको आत्मविश्वास बढ्छ । तर त्यो प्रशंसा वास्तविक हो कि होईन भन्ने कुरा बालबालिकाले पनि महसुस गर्छन्, थाहा पाउँछन् भन्ने कुरालाई सधैं सम्झनु पर्दछ । अत्याधिक प्रशंसा गरिएमा पनि सो प्रति बालबालिकाले विश्वास गर्न सक्दैनन् । प्रशंसा नै नगर्नु पनि हुँदैन ।
बालबालिकालाई अनुशासित बनाउन तथा घरपरिवार र विद्यालयलाई नै व्यवस्थित पार्न विभिन्न नियमहरु बनाईएका हुन्छन् । तर यी नियम बालबालिकाले मात्रै पूरा गर्नुपर्छ भन्ने होईन, शिक्षक, कर्मचारी र अभिभावकले पनि पालना गर्नुपर्दछ । घर र विद्यालय सिंगैका लागि नियमहरु बनाउदा बालबालिकालाई पनि सहभागी बनाउनु पर्दछ । यस्ता कुराहरु उनीहरुको छलफलबाट नै बनाउनु बढी प्रभावकारी हुन्छ । यस्ता नियमहरुलाई निरन्तरता दिईएन वा अभिभाव र शिक्षकले चाहेको बेलामा नियमको कुरा गर्ने र मन नलाग्दा नियमको वास्ता नगर्ने गरिएमा बालबालिकाले पनि सोही कुरा सिक्दछन् । तसर्थ धेरै नियम बनाउनु भन्दा थोरै नियमहरु बनाउनु र त्यसलाई सधैं र सबैले पालना गर्नु गराउनु प्रभावकारी हुन्छ । अनुशासन कायम गर्ने भन्ने कुरा अभिभावक, बालबालिका तथा शिक्षक बीचको राम्रो सम्बन्धमा पनि भर पर्दछ । अभिभाव र शिक्षकको व्यवहार राम्रो भयो भने र गल्ती तथा कमजोरीका कारण बालबालिकालाई हेला वा वेवास्ता गरिएन बरु मद्दत गरियो भने बालबालिका अझ बढि प्रभावित हुन्छन्, जसबाट उनीहरुलाई अनुशासित हुन मद्दत पुग्दछ । यदि अनुशासन कायम गराउने तरीकालाई सही ढङ्गले अगाडी बढाईएन भने यसले बालबालिकालाई नकारात्मक असर पार्न सक्दछ । बालबालिकाहरुलाई पिटेर अनुशासन सिकाउन सकिदैंन । यदि हामीले पिटेरै सुधार्ने प्रयत्न ग¥यौं भने यसबाट हामीले उनीहरुलाई कसरी राम्रो व्यवहार गर्ने भन्ने सिकाउनुको सट्टा कसरी“पक्राउ नपरु“, नसमातिऊ“” भन्ने कुरा सिकाई रहेका हुन सक्छौं । जसबाट बालबालिकाले राम्रो अनुशासित काम गर्ने भन्दा पनि नराम्रो काम गरेपछि कसरी फुत्किन वा नसमातिन सकिन्छ भन्ने तर्फ बढी ध्यान दिन सक्छन् । हाम्रो चाहना, उद्देश्य राम्रो भएपनि हामीले अपनाएको प्रक्रियाले बालबालिकामा नकारात्मक छाप पर्ने वा गलत सिकाई हुन पनि सक्छ भन्ने बिषयमा हाम्रो ध्यान जानु जरुरी हुन्छ ।
यसका लागि सभ्य घरपरिवार, बिद्यालय र समाजको जरुरी छ र अहिले बालबालिकामा हामीले गरेको लगानीले भविश्यमा सभ्य समाजको सृजना भई दक्ष जनशक्ती सहितको समाज निर्माणमा टेवा पुग्न जान्छ, बालबालिकालाई अनुशासनको नाममा घरपरिवार, बिद्यालय र समाजमा गरिने हिँसालाई सधैका लागि त्याग्न आजको जरुरी देखिन्छ ।
बाले बिश्वकर्मा
बालअधिकारकर्मी