जाजरकोट(दशेरा) । छेडागाड नगरपालिकाका प्र.अ.हरुले आफनो विद्यालयको नेतृत्व र ब्यवस्थापनमा चुस्तदुरुस्त गर्ने प्रतिबद्धता जनाएका छन् । साथै विद्यालयको शैक्षिक गुणस्तरलाई बठाउन नेतृत्व र ब्यवस्थापनमा चुस्तदुरुस्त हुनु पर्ने बताएका छन् ।
छेडागाड नगरपालिकाका वडा नं १ देखि ८ वडामा रहेका विद्यालयका शिक्षकहरुका लागी ५ दिने विद्यालय नेतृत्व तथा ब्यवस्थापन तालिममा सो प्रतिबद्धता जनाएका हुन् । तालिम पश्चात शिक्षकहरुले आ–आफनो विद्यालयलाई एउटा नमुना विद्यालय बनाउने कार्य योजना बनाएका छन् । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि शिक्षा, युवा तथा खेलकुद शाखा, छेडागाड नगरपालिकाका शैक्षणिक श्रोत ब्यक्ति कृष्ण बहादुर थापाले आगामी दिनमा सहकार्य तथा समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना तथा छेडागाड नगरपालिकाको समन्वयमा सो ताालिम सम्पन्न भएको हो । सो तालिममा शिक्षकहरुलाई विद्यालयको निरन्तर मूल्याङ्कन प्रणाली योजना, शिक्षकको पेसागत विकास र कार्यसम्पादन मूल्याङ्कनमा यसको उपयोग, शिक्षक पेसागत विकास योजना (पिडिपि) र नेतृत्व विकासको लागि स्लायम सिद्धान्तको बारेमा जानकारी दिनुका् साथै एकिकृत पाठ्यक्रममा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न र विद्यार्थिहरुको सिकाइ उपलब्धि वृद्धि गर्न, विद्यार्थिहरुको टीकाउदरमा वृद्धिमा सहयोग पुर्याउनको लागि सो तालिम सन्चालन गरिएको शिक्षा परियोजना संयोजक सोम गुरुङ्गले बताउनुभयो ।
तालिमको सहजीकरण गोविन्द चापाईले सहजीकरण गर्नु भएको थियो । सो तालिममा छेडागाड नगरपालिका वडा नं १ देखि वडा नं.८ का विद्यालयका २६ जना प्र.अ.हरुको सहभागिता रहेको थियो । सो तालिममा सहभागी जनविकास माविका प्राधानाध्यापक ममता गिरीले यस तालिमले विद्यालय नेतृत्व सम्बन्धि थप जानकारी पाएको बताए । आफुले सिकेका ज्ञान विद्यालयमा गएर विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिका सदस्य, शिक्षक र बालबालिकालाई सहभागी गराएर तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो साथै विद्यालय सुधार योजना र एकिकृत पाठ्यक्रम बारे प्रशिक्षण दिनु पर्ने बताउनुभयो ।
त्यसैगरि अर्का सहभागी रामोदय माविका प्राधानाध्यापक कमला कर्ण बहादुर थापाले यस तालिमले थप नयाँ जोश र जाँगर थपेकोले बताउनुभयो साथै विद्यालयको शिक्षालाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले छेडागाड नगरपालिकामा सहयात्रा दोश्रो परियोजना सम्पन्न गरि हाल सहयात्रा तेश्रो परियोजना सन्चालन गरिरहेको संस्थाका कार्यक्रम ब्यवस्थापक पुस्पराज खतिवडाले जानकारी दिनुभयो । तालिमको समापन समारोहमा बोल्नु हुदै कार्यक्रम ब्यवस्थापक खतिवडाले स्थानीय सरकार छेडागाड नगरपालिकासँग समन्वय तथा सहकार्य गरेर शिक्षाको गुणस्तर अभिवृद्धमा संस्था सदैव प्रतिबद्ध रहको बताउनुभयो ।