रुकुम पश्चिम / चौरजहारी नगरपालिकाको आयोजना र यु.एन.डि.पि/युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजनाको प्राविधि सहयोगमा जनप्रतिनिधि र कर्मचारीका लागी १/१ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सवै वडाका वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव, शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । चौरजहारी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागी ३ दिन सम्म अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम पहिलो दिन वडा नं १, २, ३, ४, दोस्रो दिन वडा नं ५,६,७,८,९ र तेस्रो दिन वडा नं १०, ११ , १२ , १३, १४ गरि ३ दिन सम्म कार्यक्रमको आयोजना गरिएको थियो । नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधि र सचिवहरुकालागी स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्नेर त्यसको कार्यान्वयन गर्ने व्यवस्था समेत गरेकोछ । स्थानीय आवधिक योजनाको लक्ष्य एवम् उद्देश्य प्राप्तिको लागि स्थानीय तहमा सञ्चालन गरिने विकास आयोजना तथा कार्यक्रमको कार्यान्वयनको प्रभावकारिता कायम गर्नुहो। तसर्थ, वार्षिक बजेट तथा कार्यक्रम (वार्षिक योजना) तर्जुमा गर्दाआवधिक योजनासँग तादात्म्यता कायम गर्नुअनिवार्य हुन्छ । जसले वार्षिक बजेट तथा कार्यक्रमलाई आवधिक योजनासँग जोड्दछ । यसका साथै वार्षिक बजेट तथा कार्यक्रमको उद्देश्य विकास कार्यक्रममा पारदर्शिता, स्थानीय स्रोत साधनहरूको न्यायोचित वितरण र विनियोजित बजेटबाट अपेक्षित उपलब्धि हासिल गर्नुपनि हो। सो कार्यलाई सहजीकरण गर्न स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ (परिमार्जीत) जारी गरिएको छ ।
तसर्थ स्थानीय तहको योजना तर्जुमा गर्दा सवै क्षेत्रको बुझाईमा एकरूपता कायम गर्न सहयोग पु¥याउने, नागरिक सहभागीताको सुनिश्चितता मार्फत समावेशी योजना तर्जुमा गर्नमा सहयोग, स्थानीय तहका नीति, योजना, बजेट तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयनमा सहयोग, टोल स्तरवाट आयोजना संकलन र वडा स्तरमा प्राथमिकता निर्धारण गरि तथ्य र प्रमाणका आधारमा योजना तर्जुमा गर्न सहयोग, र स्थानीय तहका सरकारका नीति, योजना, बजेट तथा कार्यक्रमबीच सामञ्जस्यता गर्न र जनप्रतिनिधी र कर्मचारीको क्षमता विकास मार्फत जवाफदेही, उत्तरदायी पारदर्शि जनमुखी स्थानीय सरकार बनाउनमा सहयोग गर्ने उदेश्यले यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त अभिमुखीकरण कार्यक्रममा आवधिक योजना, मध्यमकालीन खर्च संरचना, वार्षिक नीति, कार्यक्रम तथा बजेट बीचको अन्तरसम्बन्ध अवधारणा, स्थानीय तहको योजना सम्वन्धी व्यवस्था, स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा प्रकृया, चरण तथा आधारहरु, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण प्रक्रिया, योजना तर्जुमामा लैससास लैङिक उत्तरदायी बजेट तर्जुमा प्रकृया, वस्ती तहको योजना तर्जुमा अवधारणा र प्रकृया, वडा तहमा आयोजनाको पहिचान तथा प्राथमिकता निर्धारण, वडा तहको योजना तर्जुमा सम्वन्धी व्यवस्था, वडा तहमा योजनाको पहिचान तथा प्राथमिकता निर्धारण प्राथमिकिकरण , स्थानीय तहको योजना तथा बजेट तर्जुमाका ७ चरणहरु, वडा तहमा परियोजनाको पहिचान तथा प्राथमिकता निर्धारण का विषयमा अभिमुखीकरण र सहभागी विच वडास्तरमा आयोजना÷कार्यक्रमको प्राथमिकता निर्धारण तथा छनौटको अभ्यास गरिएको थियो ।
चौरजहारी नगरपालिकाको सभाहलमा आयोजना भएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन नगरप्रमुख पुष्प वादीले गर्नु भएको थियो । नगरप्रमुख पुष्प वादीले कार्यक्रमको ब्यानर वाचन मार्फत कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उदघाटन सत्रमा नगर प्रमुखले नगरपालिकाले आगामी वर्षमा आवधिक योजनाले लिएको लक्ष्य, रणनितिहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न महत्वपुर्ण रहेको त्यसका लागी वस्ती स्तरवाट आयोजना छनौट, आयोजनाहरुको प्राथमिकरण गर्नु महत्वपुर्ण कार्य रहेको बताउनु भयो । आगामी वर्षमा पनि योजना छनौट गर्दा प्रयाप्त नागरिकहरुको सहभागी मार्फत समावेशीरुपमा योजनाहरुको छनौट र प्राथमिकिकरण गरि योजना बैंक स्थापना गर्ने सोही अनुसार क्रमश सम्वोधन गर्दै जाने वताउनु भयो ।
उक्त कार्यक्रमको सहजीकरण चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकाल, युन.डि.पी/युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजनाका जेसी विज्ञ रिता वि.सी र योजना तथा क्षमता विकास अधिकृत टेक बहादुर रानाले गर्नु भएको थियो ।