बालविकास शिक्षाको गुणस्तरीय अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूको जोड

|

नेपालगन्ज । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा प्रारम्भिक बालविकास शिक्षाको सबलीकरण र गुणस्तरीय अभिवृद्धि गर्नको लागि सरोकारवालाहरूको लागि एक दिने अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।
बालबालिकाको सर्वाङ्गिण विकासको लागि बालविकास शिक्षकलाई सबलीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएको छ।

बाल विकास शिक्षकको सबलीकरणको लागि सो तालिम आयोजना गरिएको शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका शाखा अधिकृत धनसुदन चौलागाईले बताउनुभयो । सो तालीममा बाल विकास शिक्षक, गैरसरकारी संस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिको पदाधिकारी, सञ्चारकर्मी स्थानीय तहका शिक्षा अधिकृत, शिक्षा विकास समन्वय इकाईका लगायतको पदाधिकारीहरूको सहभागिता रहेको थियो। सो तालिममा कैलाली, बर्दिया, बाँके, सुर्खेत,दाङ,रुकुम पश्चिम, सल्यान जिल्लाको सहभागिता रहेको थियो। सो तालिममा शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक शोभा कुमारी अधिकारीले परीक्षण दिनुभएको थियो। त्यसैगरी सो कार्यक्रममा युनिसेफ नेपालका अनन्त घिमिरेको पनि सहभागिता रहेको थियो।

२०८० चैत्र २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।