नेपालगन्ज । नेपालगन्ज दुर्घटनामा हुने अपांगता मध्ये ५ प्रतिसत अपाङ्गता जलनको कारण हुने तथ्याकमा रहेको छ । महिला जेष्ठ नागरिकहरु छारे र मानसिक रोगको जोखिममा रहेका छ्न । हरेक बर्ष एसिड तातो तरल पदार्थ, करेन्टका कारण जल्नेको संख्या बड्दो छ । नेपालमा जलन बिरामीको लागी खर्चिलो र पिडादायक उपचार हो । नेपालगन्जको पुरैनीमा साना किसान सहकारी सस्थाका सदस्यहरु लाई बिभियस नेपाल र लायन्स क्ल्ब अफ नेपालगन्ज भेरीको संयुक्त आयोजनामा लैङिक हिंसा र एसिड जलन ब्याबस्थापन अभिमुखिकरण आयोजना गरिएको छ ।
शहरमा निम्न आय भएका महिलाहरु दैनिक आगोमा खाना पकाउने तातो पानी तताउने बच्चा हेर्ने आदि काम गर्ने भएका कारण धेरै जल्ने गर्छ्न । त्यसै कारण जलनको प्राथमिकता उपचार कानुनी उपचार बिधी सिकाएको कुरा लायन्स कल्ब अफ नेपालगन्ज भेरीको सचिब निशा पुरी थापाले बताउनु भयो । उक्त कार्यक्रमको सहजीकरण सुरेन्द्र दिप कार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा लायन्स क्ल्ब अफ नेपालगन्ज भेरीको अध्यक्ष स्नेह लता श्रेष्ठ, जोन चियर पर्सन सुश्मा सुबेदी, सचिब निशा पुरी क्ल्बको पुर्ब अध्यक्ष आभा गौतम र महिला उद्दमी अन्जु गरुङको पनि उपस्थिति रहेको थियो ।