प्रेस चौतारी नेपालको स्थापना दिवशमा बाँकेमा ४ जना पत्रकार सम्मानित

|

बाँके । प्रेस चौतारी नेपालको २६ स्थापना दिवसको अवसरमा आयोजित मिडियाको दिगो पनका लागि जनप्रतिनिधिको विषय भुमिका र अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी नेपाल बाँके शाखाले २ जना पत्रकारलाई सम्मानित गरेको छ । २६ औं स्थापना दिवशको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले २ जना पत्रकारलाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले प्रदेश र स्थानीय सरकारले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विस्टले भने नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार निति बनाएर संस्थागत बनाउने र सम्पुर्ण सन्चार र पत्रकारसग हातेमालो गरेर अगाडि बढने बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले स्थानीय सरकार र पत्रकार विच समन्वय तथा सहकार्य गरि अघि बढेको र अब एउटा नितिगत रूपमा संचार निति बनाएर पालिकाले सस्थागत रूपमा खजुरा गाउँपालिकामा छिट्टै सञ्चार निति तयार गरेर यसलाई संस्थागत गरेर सस्थागत रुपबाट अगाडि बढ्ने बताउनुभयो । स्वागत मन्तव्य प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष विनोद भटटराईले गर्नु भएको थियोे । संस्थापक उपाध्यक्ष शिव डोटेलले भने अहिलेको समयमा खोज पत्रकारिताको कमि रहेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले प्रदेश र स्थानीय सरकारले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउनुभयो । सो कार्यक्रममा नेपाल पत्रकार महासघका उपाध्यक्ष सगीन शर्मा, प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य रुद्र सुबेदीले आफ्नो मन्तव्य राख्नु भएको थियोे , प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष प्रीयास्मृती ढकाल लगायतले शुभकामना सहित मन्तव्य राख्नु भएको थियो।

प्रेस चौतारी नेपाल,बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले प्रेस चौतारी बाँकेले बिभिन्न चुनौतीलाई सामना गर्दै आज २६ औं स्थापना दिवश मनाउन सफल भएको उहाँले बताउनुभयो सञ्चार क्षेत्रमा पत्रकारको महत्वपुर्ण भुमिका रहने भएको हुनाले पत्रकारलाई प्रोत्सान गर्न सम्मान कार्यक्रमहरु गर्न आवश्यक रहेको उहाँले भन्नु भयो ।

प्रेस चौतारी नेपाल,बाँकेले स्थापना गरेको रेशम विरही पत्रकारिता पुरस्कारबाट संस्था प्रति लामो समय बाँकेमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर काम गरिरहनुभएका दैनिक नेपालगन्ज पत्रिकाका प्रकाशक तथा सम्पादक झलक गैरे र पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएको हाल रेडियो नेपालमा कार्यरत सरला सुबेदीलाई दुबै जनालाई नगद सहित कदर पत्रबाट सम्मानित गरिएको छ । कार्यक्रम संचालन प्रेस चौतारी नेपाल, बाँकेका सचीव कमल डाँगीले गर्नु भएको थियो ।

त्यसैगरि प्रेस चौतारी नेपाल, कोहलपुर ईकाइले पनि २ जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कोहलपुरलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आउनुभएका पत्रकार बैकुण्ठ अधिकारी र पवित्रा परियार स्व. दुर्गाप्रसाद बेल्बासे स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । सो कार्यक्रम प्रेस चौतारी नेपाल, कोहलपुर ईकाइका अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा भएको सचिव रवि रोकायले जानकारी दिनुभयो ।

२०८० माघ २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।