मगर समुदायको राष्ट्रिय चाड माघे सकराती नेपालगन्जमा भव्यताका साथ सम्पन्न

|

नेपालगन्ज । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती नेपालगन्जको राझा पशुपति मन्दिर परिसरमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष राजान राना मगरको संयोजकत्वमा सुरु भएको माघी कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद माया पुन मगरले समुद्घाटन गर्नु भएको थियोे । तेस्तै कार्यक्रममा विशिष्ट अतिथि डम्बर थापा मगर, संजय थापा मगर , नेपाल मगर संघ अध्यक्ष भुपेन्द्र पुन मगर, नेपाल मगर संघका केन्द्रीय भाषा उपाध्यक्ष चेत बहादुर राना मगर लगायतका थुप्रै अतिथिहरुको उपस्थितिमा कार्यक्रम सुरुवात भएको थियोे ।

कार्यक्रममा नेपाल मगर संघ खजुरा गाउँपालिका , जानकी गाउँ पालिका, नेपाल मगर संघ डुडुवा गाउँपालिका , नेपाल मगर संघ राप्ती सोनारीका मगरहरुको बाक्लो उपस्थितिमा नृत्य, झाँगी र प्रत्यक्ष लोकदोहरीको साथमा माघि कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक मगर खाना परिकार तथा पोशाकहरुको प्रर्दशनी र मगरहरुको खेल जस्तै धनुष बाण , छेलो फाल्ने जस्ता प्रतियोगिता भएको थियोे ।

२०८० पुष २८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।