बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्नको लागि रयाम्स कार्यक्रम

|

नेपालगन्ज /  मण्टेश्वरी एशोसिएशन बाँकेले बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्नको लागि रयाम्स कार्यक्रमको आयोजना नेपालगन्जमा आज गरेको छ ।

मण्टेश्वरी एशोसिएशन बाँकेका अध्यक्ष दुर्गा बजगाईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मण्टेश्वरी एशोसिएशन बाँकेकी संस्थापक अध्यक्ष लुना बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । बाँकेका जिल्लामा मण्टेश्वरी एशोसिएशन बाँकेमा आवद्धता भएका अध्ययनरत बालबालिकाहरुले आ–आफनो कला तथा क्षमता प्रस्तुत गरेका थिए । बालबालिकाहरुले विषयवस्तु अनुसारको भेषभुषा समेत लगाएका थिए । सो कार्यक्रमको सन्चालन मण्टेश्वरी एशोसिएशन बाँकेका सचिव खिमा थापाले गरेकी थिईन ।

मण्टेश्वरी एशोसिएशन बाँकेले आफनो वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरि शिक्षकहरुलाई सम्मान समेत गरेको थियो । ‘बालबालिकाको पहिलो प्राथमिकता मण्टेश्वरी विधिमा केन्द्रित गराउनु हो’ भन्ने मूल नाराका साथ मण्टेश्वरी पद्दतिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले २०७४ पुस २१ मा मण्टेश्वरी एशोसिएशन बाँके गठन भएको थियो ।

२०८० पुष २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।