मगर समुदायको माघे सकराती चाड नेपालगन्जमा मनाइदै

|

नेपालगन्ज । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका समितिले भव्य रुपमा मनाउने भएका छन् ।

नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र सह आयोजनामा नेपाल मगर संघ खजुरा गाउँपालिका, नेपाल मगर संघ डुडुवा गाउँपालिका , नेपाल मगर संघ राप्ती सोनारी गाउँपालिका र नेपाल जनजाति युवा महासंघ बाँकेको सहकार्यमा आफ्नो प्रमुख पर्वका अवसरमा पुस २८ गते शनिवार राझा एयरपोर्ट पशुपति मन्दिर परिसरमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष राजन राना मगरले जानकारी दिएका छन ।

मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन लुम्बिनी प्रदेश माननीय माया पुन मगरको उपस्थित हुने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने बताइएको छ ।

माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूलमाला लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।

माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ ।

साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।

नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति ‘मगर’समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन्। भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम/पाङ) र मगरकाइके बोल्ने गर्दछन् । मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित छन् ।

तेस्तै नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर भन्नुहुन्छ बाँकेमा छरिएर बसेका सम्पुर्ण मगरहरु एक होैं यहाँ मगरहरुको बाक्लो उपस्थिति छ तर मगर हरु एक हुन चाहिरहेका छैनन् कारण अब हामी स्वयं मगरहरुले खोज्नु र मगरका पहिचान अस्तित्व र मगर इतिहासका लागि लड्नु पर्ने अवस्था नआउला भन्न नसकिने बताए ।

२०८० पुष २५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।