
बाँके / नेपालगन्ज नेपाल आदिवासी जनजाति महासघं नेपालगन्ज नगर समन्वय समिति नेपालगन्जमा सर्व सम्मत गठन भएको छ । आदिवासी र जनजातिको हक अधिकार, भाषा तथा संस्कृतिको जर्गेणा गर्ने उद्धेश्यको कारण सो समिति गठन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासघं नेपालगन्ज नगर समन्वय समितिमा अध्यक्ष पदमा भुमण्डल प्रकाश श्रेष्ठ चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अमृता राना दर्लामी, उपाध्यक्षमा चिनीमाया लामा, कमल गुरुङ, श्यामती चौधरी,सेकानमान पति, नवलसिहं चुहान मगर, लाक्पा शेर्पा चयन भएका छन् । एक उपाध्यक्ष पछि चयन गरिने बताएको छ । महासचिवमा अम्बर बहादुर बुढा मगर, उपमहासचिवमा पासाङ शेर्पा चयन भएका छन् ।
सचिवहरुमा सोम गुरुङ,गणेश लामा, डोमा शेर्पा, लिशार दर्लामी चयन भएका छन् भने चार सचिव पछि कार्य समितिले चयन गर्ने बताएको छ । विभिन्न जातिय सस्थाबाट पदहरु समावेशीताको आधारमा चयन गरिएको छ । त्यसै गरि कोषाध्यक्षमा लाल बहादुर थापा मगर र सह–कोषाध्यक्षमा पन्चमाया तामाङ चयन भएका छन् ।
नेपाल आदिवासी जनजाति महासघ समन्वय परिषद, बाँकेका अध्यक्ष डम्बर थापा मगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरले जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारीहरुलाई विभिन्न जातिगत संस्थाहरुका अतिथिहरुले कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।