नेपालगन्ज शहरमा साईकल लेनको आवश्यक्ता रहेको सरोकारवालाको भनाई

|

नेपालगन्ज / प्रदुषण मुक्त शहर हाम्रो रहर भन्ने मुल नाराका साथ नेपालगन्ज साईकल प्रालि र इभि नेपालले विजया दशमी, तिहार तथा छठ पर्वको अवशरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष चिरञ्जवी ओलीले स्वास्थ्य तथा पर्यावरणको लागि साईकलको प्रयोग धेरै नै उत्तम भएको बताउनुभयो साथै नेपागन्ज शहरमा अव साईकल लेनको आवश्यक्ता रहेकोेले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गर्नु पर्नेमा जोड दिनुभयो ।

सो शुभकामना आदान प्रदान कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य सघका महासचिव भिम रानाभाट, पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सदस्य टोप बहादुर थापा, पुर्व वडा अध्यक्ष सुनिलसिह हमाल,इभि नेपालका सुरज आले, नेपालगन्ज साईकल प्रालिका गगन थापा, समाजसेवी विकास काउचा मगर र दिनेश थापा, हरित अभियान्ता हेमन्तराज काफले र पत्रकार भिष्म लोधले आ–आपना विचार साथै शुभकामना आदान-प्रदान गर्नु भएको थियो ।

हालसम्म ईभि नेपाल कम्पनीले पैदल वाला साईकललाई कन्भर्ट गरि इलेक्ट्रोनिक साइकल बनाई नेपालगन्जमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले हाल दुई नयाँ मोडलको इलेक्ट्रीक साइकल विक्री सुरु गरेको बताएको छ ।

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।