हामीलाई विकल्प खैं ?

|

बिश्वास न्यौपाने र सन्जिप श्रेष्ठ / हामी साथी भाइ भेला भएर कुरा गर्दै गर्दा एउटा साथीले कुरा राजनीति तर्फ अङ्कित गर्दैभन्यो, यो गठबन्धन्को बहुमतको सरकार बाट ठुलो आश थियो। तर यी नेताहरुको कुर्ची मोहले गर्दा हो कि के हो केही गर्नै सकेनन् यार। ऐम सि सि पास गर्ने देखी लिएर नगरिक्ता बिधेक जस्ताको त्यस्तै पास गरी राष्ट्रपतिको कार्यालयमा पठाउनु, सरकार छ भन्ने नै भान भएन । सर्वोच अदालतले २ पटक प्रतीनिधि सभा ब्युत्याइ दिएर बनेको सरकारले यस्तो सम्म गर्छ लागेको थिएन । जुन जोगि आए पनि कानै चिरेको सहि रैछ।
साथीको कुरालाइ थप्दै आर्को साथी भन्यो, त्यसैले त स्थानिय चुनाबमा स्व्तन्त्र उमेद्वारहरुको उदय भयो । जनता राजनीतिक पार्टी देखी वाक्क भैसके । बालेन र हर्क सम्पाङको स्थानिय तहमा सानदार जीतले नेपाली जनता नेतृत्वमा परिवर्तन चाहानछन भनेर प्रस्टै देखाउन्छ । अर्को सथी जुरुक्क उठेर भन्न थालो, हेर सथीहरु पहिलेको चुनाबमा जे जे हुने भैगो अब आउने मङ्गसिर ४ को चुनाबमा यी सबै नेताहरुलाइ देखाउनु पर्छ।

त्यसपछी सबै साथिहरु आफ्नो आफ्नो बाटो लागे, म पनि घर फर्कीए। राती सुत्ने बेलामा साथीहरुको कुरा मनमा खेलाउन थाले। पहिला त आहिलेको गठबन्धनको सरकारबारे साथीहरुको कुरा सम्झिए । यो सरकार तेति उत्त्कृट ढंगले चलेको जस्तो लागेन। साच्चै भन्नु पर्दा अहिले हामीले पाएको सरकार संविधानको रक्षाको नाममा न्यायलयले २ पटक गरेको ऐतिहासिक फैसलाको कारण हो । न्यायलयले बिधिको सासन र संविधान बाद रक्षका लागि गरेको फैसला बाट बनेको सरकारले नै न्याय र जनताका मर्मको धजी उदाउछ भनेर कसैले सोचेको थिएन होला । मन्त्रीमन्दल गठनको चरनमा नै प्रधान न्यायधिस राजनीतिक बिबादमा तानिय । फेरी त्यही सरकार द्वारा प्रधान न्यधिस बिरुद प्रतीनिधी सभामा अबिश्वासको प्रस्ताब दर्ता गरियो । प्रतीनिधी सभामा बहुमत नभएकै कारण अबिश्वसको प्रस्ताब त्यही अद्कियो । न्यायलय समेत राजनीतिबाट अलग बस्न सकेन । अहिले प्रधान न्यायधिसलाई अनौपचारिक नजरबन्द जस्तो स्थितिमा रखिएको छ जुन संविधानन बिपरित छ । के. पि.ओलि नेतृत्वोको सरकारले संविधान मिच्यो भनेर नारा बाजी गर्ने सरकार अहिले आफै संविधान बिपरितको कार्य गर्दै छ। आउदो मङ्सिरको चुनाबमा पनि सरकारमा रहेका राजनीतिक पर्टिहरु यही तालमेलमा चुनाब लद्ने घोसना गरिसकेका छन । तर कुन पार्टीलाई कती भाग दिने भन्नेमै गठबन्दन अलमलियो । त्यि मध्य ने.क.पा समाजबादी अलि बदीनै असन्तुस्त देखिएका थिए ।
अहिले भागबन्दा सल्तिएपनी भित्री रुपमा गठबन्धनका पार्टीहरु सन्तुस्त देखिदैन्न । सत्तामा भएका पार्टीका कार्यकर्ता बदी नै असन्तुस्त देखिन्छन र पार्टीको निर्देसन मान्दै आफ्नो बाहेक अरु पार्टी लाई भोट हल्छन नै भन्न सकिने अव्स्था छैन । चुनाब अगिनै भित्री समस्याले ग्रसित गठबन्धनलाई हामी जनताले कसरी बिश्वाश गर्ने ?

बिश्वभर बिकासन्मुख देशहरु खराब अर्थतन्त्रसँग जुदिरहेका छन । हाम्रो देशपनि आर्थिक संकटमा छ र सरकारले यस संकटबाट देशलाई बहिरा ल्याउन केहि गतिलो कदम चलेको पनि देखिदैन । उल्टो सरकार नेपाल राष्ट्र बैंकका गभर्नरको निलम्मबनको बिबादमा प¥यो । यस्तै अरु धेरै समस्याहरु छन जसबाट जनता सरकारसँग असन्तुस्त छन।

अनि आर्को साथीको कुरा मनमा आइ हालो “ अर्को चुनाबमा देखाउ ने हो“। यो बाक्यले मेरो मनमा झिनो भए पनि आशा पलाएको थियो। तेहि आशा साथ आर्को चुनाबमा कुन पार्टी का कस्ता नेताहरुलाइ भोट दिने होला त? मनमा पालैपालो सरकारमा नरहेका पार्टी सम्झन थाले। अहिले प्रमुख प्रतिपक्षमा रहेको ने.क.पा एमले, केहि समय अगाडी ने.क.पा मावोबादी सँग बहुमतको सरकारमा थियो । नेपालीहरुमा त्यो सरकारले केहि न केहि गर्छ भन्ने बिश्वाश थियो। चुनाबमा गरेको बाचा अनि सात्तामा गए पछि गरेको कर्तुत। अनि अहिले कुनै नयाँ नेतृत्वले यो पार्टी नयाँ ढंगले अघि बडाएको पनि त छैन। उहीँ पुरनो नेता र उहीँ पुरनो सैलिलाइ पत्याउ पनि कसरी।
अब प्रतिपक्षमा रहेका नेता काम गर्न भन्दा गफिन रमाउने नेताका रूपमा जनमानसम छवि बनाएका छन् िएक पल बहुमतबाट सरकार बनाई सकेका उनीले आफ्नो पार्टीकै बिभादमा फसेर बहुमतलाई जोगाउन सकेनन् अनी उनको कार्यकालबाट पनि सुशासनको आभास भएको थिएन िआफ्नै आसेपासेलाई राज्य शक्ति दिने र यसैमा रमाएउने प्रविधि पाइयो िभ्रस्टाचारको प्रमाण नै फेला पर्दा पनी उचित कारबाई नगर्ने बाट के शुसासन को आशा राख्ने त िअनी यो पार्टीमा पनी धेरै आफन्तवाद र “बा” वाद हावी देखिन्छ िजसको उदाहरण टिकट वितरण प्रक्रिया बाट पनी देखिन्छ िलाग्यो पहिले नै गरि सकेको गल्ती त दोहोरिनु हुदैन। नेपालमा यी दुई बाहेक आरु पार्टी नभएको पनि त होइन।

बैकल्पिक शक्ति भन्दै हिडेका पार्टी हरु त छ्दै छ्न नि। बैकल्पिक भने बितिकै पहिलो नाम आयो रा.प्रा. पा। यो पार्टीको बारेमा सोच्दा यो पार्टीले हाम्रो अहिलेको ब्यबस्थालाई न्याय गर्नेमा शंका उत्पन भयो। अनि आर्को मनले सोचे यदी यि पार्टीका नेता साच्चिकै भरपर्दा भएको भए हामीले यत्रो बलिदान र परिवर्तनको कुरानै गर्नु पर्ने थिएन। यिनिहरु असफल भएर न हाम्रा अग्रजहरुले परिबर्तन आबश्यक ठानेका हुन आनि ल्याएका हुन। अहिले नेपाललाई आवश्यक हिन्दू राष्ट्र र राज संस्था हो र भन्नेमा अफैलाई ३ ४ पटक प्रश्न गरे । त्यो साथीको अन्तिम वाक्यले दिएको आशा कम हुँदै थियो तर पनि कहि कतै कुनै पार्टी वा समुह छ कि भने आशामा अरु पार्टी मन मनै केलाउन थाले।

यसै क्रममा मलाई बाबुराम भट्टराई ज्युको याद आयो। मलाई बाबुराम अरु नेता भन्दा केही बढी पढेकाले होला, बिश्व बुझेको लाग्छ। उसको पार्टीको गाइगुइ सुनको थिए। उनिहरुले नयाँ शक्ति, मधेशी फोरम र रा.ज.पा मिलेर नेपाली जनतालाई आर्को बैकल्पिक बटो दिने रे भन्ने कुरा पदेको थिए ।
तर फेरी बाबुरम भट्टराईले मवोबादिलाई नै सहयोग गर्ने र उनको छोरीले अब फेरि ने.प.का मवोबादी कै चिन्ह बाट चुनाब लद्ने कुरा बहिरा आयो । यो देखेर उहा प्रतीको मेरो बिश्वास पनि हरायो । मिल्नै थियो भने यत्रो नाटक किन ? र तिनिहरुको निहेत पहिलेको जस्तो भयो भन्ने डर लागो ।आर्को पाली चुनाबमा ढुक भएर यिनिहरुलाइ भोट दिने अठोट लिन सकिन।

अब अर्को कुन पार्टी छ त जस्ले हामी नेपालीको चाहाना अनुसार सरकार बनाउछ भने सोच्दै थिए, यतिकैमा पहिलेको चुनाबमा निकै नाम चलेकी काठमाडौंको मेयरको प्रतिस्पर्धि रन्जु दर्शना दिदी र आतिनै उत्कृष्ट नाम चलेका पुर्ब बि बि सि नेपाली का प्रस्तुता रबिन्द्र मिश्रको पार्टी बिबेकशिल र सझा पार्टीको सम्झना भयो। युवा पुस्ता धेरै भएको पार्टी भएका कारण नयाँ सोच र तरङ्ग ल्याउने क्षमता त्यो पार्टी मा धेरै थियो । सुरुमा बैकल्पिक शक्ती हुने सङ्केत दिएको त्यो पार्टी आफ्नै विवादका कारण पतन भयो र तुक्रीयो । अहिले रबिद्र मिश्र ज्यु रा.प्र.पामा भर्खरै प्रबेश गर्नु भएको छ र उहाको भाषणमा राजसन्थाको बखान बाहेक अरु कुरा भेटिदैन ।

भर्खरै स्थापना भएको रबी लामिछानेको राष्ट्रिय स्व्तन्त्र पार्टीले मनमा केहि अशा पलायो । तर फेरी उहाको राजनीतिक एजेन्दाहरुले सोच्न बाध्य बनायो । उहाको भनाइ अनुसार सङियता खारेज गर्नु पर्छ । सङियता बदी खर्चिलो भयो । तर सङियता भन्ने बितिकै प्रदेश सरकार बुझ्नु हुन्न । सङियता भनेको सबै तहमा सरकार पुग्नु हो । बिगतमा सानो काम गर्न पनि हामीलाई गाह्रो पर्थ्यो तर अहिले स्थानिय सरकार आइसकेपछी हामीलाई धेरै सजिलो भएको छ र केन्द्र सरकारको बोज पनि कम भएको देखिन्छ ।
प्रदेश सरकारकै कुरा गर्ने हो भने पनि प्राय प्रदेश सरकारको अधिकार केन्द्र सरकार द्वारानै प्रयोग भइरहेको छ । प्रदेश सरकारलाई काम गर्ने मौका दिएको छैन । कुनै पनि कुरा राम्ररी प्रयोगमा नआइ हामीले कसरी काम नलाग्ने भन्न सक्छौ? सोचे यो पार्टीका नेताहरुलाई आर्को चुनाबमा भोट दिदा के मेरो देशमा मैले सोचे जस्तो सरकार बन्ला त?

त्यस्पछी मैले मेरो दोस्रो साथी को कुरा सम्जे । हो त देशमा स्व्तन्त्र उमेद्वारहरुको लहर पो आको छ त । बिकल्प किन नहुनु ? काठमाडौं माहानगरपालिकामा बालेन शाहाले गरिरहेको काम सम्जे । राणा कालमा पुरिएको टुकुचा खोला खोग्नु सानो काम थिएन । साथै अतिक्रमित सरकारी जमिन र बाटो बाट अतिक्रमन हटाउनु अहिले सम्मका नगर प्रमुखहरुले गर्न सकेको काम थिएन । धरानमा पनि स्व्तन्त्र मेयर हर्क सम्पाङ्ले पहिलो १०० दिन बित्रै खाने पनि ल्याइदिए । स्व्तन्त्रले त काम गर्ने रैछ त ।
तर स्थानिय सरकार र सङ्गिय सरकार एउटै किसिम को हो त ? स्थानिय सरकारमा नगर प्रमुख एक पटक चुनिसके पछी ५ बर्षको लागि धुक्क भनेपनी हुन्छ । वडा सँग विवाद भएपनी नगरपालिका चलाउन सकिन्छ ।
सङिय सरकार चलाउन २÷३ समर्थन चाहिन्छ । कुनै पनि निती नियम र कार्ययोजना अगि बद्न धेरै जनप्रतीनिधीहरुको समर्थन चाहिन्छ र मिलेर अगाडी बद्नु पर्ने हुन्छ ।
समजिक सन्जाल्मा हामीले हर्क भर्सेस बालेन नदेखेको होइनम । २ फरक स्थानिय सरकारका स्वतन्त्र प्रमुख बिच त यती मनमुताब हुन सक्छ भने भोली सङिय सरकारमा यस्तो नहोला भन्ने के आधार ?
पार्टीका साम्सद भए पार्टीको ह्विपले पनि तह लाउन मिल्छ ।स्व्तन्त्र साम्सद लाई कस्ले तह लाउने ? फेरी उनिहरु सरकार धाल्न वा बनाउन प्रयोग हुन सक्नेमा प्रवल सम्भावना देखिन्छ । साथै नेपालको राजनीतिक अभ्यास हेर्दा स्वतन्त्र जनप्रतीनिधी साम्सद किन्बेच्मा पर्न सक्छन ।

त्यो साथीको आर्को चुनाबमा देखाउने हो भन्ने बाक्यले जति उर्जा थपेको महशुस गरेको थिए त्यो त बेकार रहेछ जस्तो लाग्यो। मनमा निराशा छायो, खिन्ताको बोध गरायो। अनगिन्ती प्रश्न उत्पन्न भयो। सोच्न बाध्य भए अबको हाम्रो बिकल्प को त? हामी जस्ता युबा जो आर्को चोटि राम्रा नेताहरुलाइ भोट दिई देशमा परिबर्तन ल्याउने सोचेका छन उनिहरु कस्लाइ भोट दिने ? आर्को चुनाबमा पनि हामीले यी कामनै न लाग्ने भ्रस्ट नेतालाइ नै भोट दिन बाध्य हो त?

हामि बाध्य पकै पनि छैनौ । नेपालका अधिकान्श पार्टी हरुमा १० १५ बर्षा देखी नेतृत्व परिवर्तन भएको छैन । त्यही नेतृत्व बार बार सत्तामा आइदिदाले पार्टी भित्रै नयाँ बिचार दबिएर बसेक छन । आउदो निर्वाचनमा पुराना अनुहारलाई भन्दा नयाँ तर अनुभवी अनुहारलाई रोज्न सकिन्छ ।
स्व्तन्त्रहरु बाट पनि राज्यको ब्यवस्था र सम्रचना बुजेका हरुलाई भोट दिन सकिन्छ।

 

 

२०७९ कार्तिक २७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।