एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
मुख्य विपक्षी दलका नेता समेत रहेका ओलीको स्वास्थ्य टीमसम्बद्ध चिकित्सकका अनुसार ओली र उनकी श्रीमती राधिका शाक्य दुवै सङ्क्रमित छन् र उनीहरू बालकोटस्थित निवासमा एकान्तवासमा बसेका छन्।

ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

२०७८ माघ ९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।