हिमराइटसद्वारा विद्यालयमा शैक्षिक सामाग्री बितरण

|

मकवानपुर । हिमराइटस मकवानपुरको आयोजना तथा काेर इन्टरनेशनल क्यानाडाकाे अर्थिक सहयोगमा राक्सिराङ गा.पा. वडा नम्बर ५-स्थित श्री प्रजा जागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
बिध्यालयका प्रधानाध्यापक सुर्यबहादुर प्रजाको अध्यक्ष्ता , राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष श्मणिराज गौतमको विशेष आतिथ्य, गैरसरकारी सस्था महासंघ मकवानपुरका सदस्य लक्ष्मि श्रेष्ठ , नारिसिप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेल, शिक्षक तथा अभिभावक , साथै बिद्यार्थीहरुको उपस्थितिमा सीमान्तकृत समुदायको २७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।

२०७८ पुष २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।