बुटवल / जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अध्यक्ष अशोक कुमार यादव चयन भएका छन् । यो सँगै तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ ।
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भए पनि अहिले विभाजन भइसकेको छ ।प्रदेश समितिमा १५ जना पदाधिकारी रहेका छन् । प्रदेश समितिको उपाध्यक्षमा अब्दुल रसिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किशोर मिश्र, बदरुधुजा खान, प्रमुख सचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी, ठाकुर चौधरी, पन्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा र कोषाध्यक्ष अम्बिका काफ्ले तथा सदस्यहरु समशुल हक राई बेबी तबस्सुम अन्सारी रमारानी वैश्य सायरा दर्जी भण्डारी लाल यादव, माजिद अलि शेष, गुलाम हुसेन हल्वाई (फिरोज) लाल बहादुर शाह, तरन्नुम बानो ढपाली अख्तर खां, शुसिला पौडेल दुर्गा बहादुर दर्लामी सर्वसम्मत निर्वाचित हुनु गरियो ।






