रेडक्रस मानबिय सस्था हो । जस्मा सेवाको भावना रहेको हुन्छ । मानव सेवाको अर्को नाम भनेर चिनिने रेड्क्रस पछिल्लो समय मानव सेवा भन्दा पनि यसको बिकृती र विसंगति मर्फत चर्चामा आएको छ । यसै सिलसिलामा रेड्क्रसमा लामो समय देखि रेड्क्रस अभियानमा लाग्नु भएका समाजसेवी एवं प्युठान जिल्लाका रेड्क्रस सभापती गुमान राज पुलामीसंग यसै सेरोफेरोमा रहेर हाम्रा सहकर्मी महोम्मद आयातुल्ला रहमान ले गरेको कुराकानी :
१. सभापती ज्यु नमस्कार ,
– नमस्कार ।
२. हजुर लामो समय देखि रेड्क्रस अभियानमा सकृय हुनुहुन्छ । हजुरको यात्रा बारे छोटकरीमा बताइदिनु न ।
– म एउटा निबृत शिक्षक हु । प्युठानको मुक्ति माद्यामिक बिद्यालयकाा तत्कालिन प्रधानाध्यापक विर वहादुर सिहंले रेडक्रसको तालिम लिसके पश्चात् रेडक्रसकोे बारेमा मलाइ बुझाउनु भयो । रेड्क्रस मानबिय सस्था हो । यस्का ७ सिद्धान्त छ्न जुन सिद्धान्त अनुसरण गरेपछि समाजमा परिवर्तन गर्न सकिन्छ भन्नु भयो र रेडक्रसको बारेमा जानकारी गराएपछि शैक्षिक पेशा सँगै रेडक्रस यात्राको सुरुवात आफ्नो विद्यालयमा जुनियर ÷ युवा रेडक्रस सर्कल गठन गरी वि.स. २०३९ साल देखी मुुक्ति मा.वि.रातामाटामा शिक्षक नायक को जिम्मेवारी लिएँ । रेडक्रस यात्रा सुरु गरे र त्यस्पछि रेडक्रसका आधारभुत सिद्घान्तहरु प्रति मन, बचन र कर्मले प्रतिबद्घ र कटिबद्घ भई समाज सेवामा अनवरत रुपमा लागीरहे ।
शिक्षक नायक देखि सुरुभएको मेरो यात्रा २०४० साधारण सदस्य लिए , २०४५ मा आजिवन सदस्य लिए । रेडक्रसको यात्रा सँगै जिल्लाका विभिन्न संघ संस्थाहरुमा समाजसेवीकारुपमा निरन्तर रुपमा लागीरहे । यसरी रेडक्रस यात्रालाई निरन्तरता दिदै वि.स. २०४६ सालमा नेपाल रेडक्रस सोसाइटी प्युठान जिल्ला शाखाको कार्यसमिति सदस्य हुदै उप–सभापति सँगै सभाापति भएर हाल सम्म निरन्तर रुपमा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा मा मानवीय सेवामा कार्यरत छु । केन्द्रिय स्तरका जुनियर युवा समिती , स्वस्थ सेवा समितीमा सदस्यको रुपमा समेत काम गर्ने अबसर पाएको छु ।
३. रेड्क्रसको यो अहिलेको अवस्थालाइ कसरी लिनु भएको छ ।
– अहिलेको सबै भन्दा बिवाद हुनु भनेको रेड्क्रस कानुन नबन्नु हो । सरकारले रेड्क्रस कानुन बनाएर नयाँ रेड्क्रस कार्यसमिती गठन गरे पछि यो समस्या समाधान हुन्छ । रेड्क्रसको अन्तरास्ट्रिय निकाय( ICRC ,IFRC)ले पनि यसको आवश्यक रहेको उनिहरुको बुझाइ छ ।
४. रेड्क्रस कानुन बनाउनमा के बाधा आएको छ त ?
– लामो समय सम्म कानुन नबन्नु को पछाडि बिधान संसोधन परिमार्जनका कुरा अनि राजनितिक चलखेल, भागबन्डा पनि भएको देखिन्छ । ब्यक्तिले आफू अनुकुल बिधान बनाउन खोज्दा यो समस्या आएको हो । ब्यक्ति भन्दा ठूलो सस्था हो । सस्थाको गरिमा जोगाउन सकेपछि मात्र हाम्रो गरिमा रहन्छ । ब्यतिगत स्वार्थ लाई त्यागेर नेपाल रेड्क्रसलाइ जिवन्त तुल्याउन रेड्क्रस कानुन नै अहिलेको आवस्यकता भएकोले सबैले रेड्क्रसको सात सिद्धान्तमा मन वचन र कर्मले पालना गर्दै सबैले आ– आफ्नो तह बाट रेड्क्रस कानुन बनाउन सहकार्य गर्नु पर्छ ।
५. सरकारले बनाइदिएको तदर्थ समितिले बिगठित केन्द्रिय सदस्यलाइ कारबाही र सदस्यता समेत खारेजी गर्ने कुरा मिडियामा आएको थियो ? यस बारेमा हजुरको धारणा के छ?
– जिवन भर सामाजिक सेवामा स्वयंसेवकको रुपमा लागेर रगत र पसिना बगाएका मान्छेहरुलाइ उसको गल्ती के हो ? गल्तिलाइ प्रमाणीत गर्न सक्नु पर्यो । प्रमाणित नभएर कुनै कदम चाल्नु हुदैन । कारवाही गर्न कुनै बैधानिक प्रक्रिया, कानुनी प्रक्रिया होला ? आरोपको आधारमा चाहिँ दणडित गर्न चाहिँ मिल्दैन । प्रमाणित गर्ने र कार्यवाही गर्ने नेपाल सरकारको काम हो । कार्यसमिती निल्म्बन गर्नु ठिक हो तर कारबाही नै चाहिँ गर्न मिल्दैन । अहिलेको समयमा त्यस्ता गलत कुरा मिडियामा आएका छन् भने निस्तेज पार्नु पर्छ । गलत तरिकाले जानू हुदैन । रेड्क्रसलाइ स्वस्छ पबित्र सस्था हो र यसै अनुरुप लैजानु पर्छ । यस संस्थामा बस्ने मानिसले स्वयंसेवक हु भनेर हृदयको अतल धारातल देखि स्वयंसेवा को भावना बिकास गरेर अगाडी बढ्नु पर्छ ।
६. विशेष बिधान अधिबेशन अबरुद्ध भयो हजुर यस विषयमा के भन्नू हुन्छ ।
– जिल्ला , प्रदेशहरु गठन गर्नु बिधान अनुरुप छैन । यो विषयमा बर्तमान नेतृत्वले बिधान र कानुन मिचेको मेरो बुझाइ छ । बिधान संसोधन अधिबेशन , बार्षिक साधारण सभामा निर्वाचित पदाधिकारी प्रतिनिधिको रुपमा आउने ब्यवस्था छ भने तदर्थ समितीका सद्स्य परिवेक्षकको हैसेतमा मात्र आउने ब्यवस्था छ । जिल्ला लाई तदर्थ मा लगेर तदर्थ कार्यसमिती र पधादिकारी लाई प्रतिनिधिको रुपमा ल्याएर बिधान समसोधन गर्न खोज्नु हाम्रो बिधान सम्वत छैन । तदर्थ कार्य समितीलाई प्रतिनिधिको रुपमा ल्याउनु नै अहिले को मुल समस्या हो । केन्द्रले अधिबेशन नगर्नु नगराउनु भनेर सर्कुलर गरेर निर्वाचन अधिबेशन गराउने अवसर पनि रोकेको छ ।
७. सभापती ज्यु , रेड्क्रसको नेतृत्व गर्ने कपाल फुल्नु पर्ने हो? युवाहरुलाई नेतृत्व ल्याउनु पर्दैन ?
– जिल्ला जुनियर युवा सयोजक देखि केन्द्रिय युवा समिती सदस्य रहदै गर्दा , जुनियर युवा रेड्क्रसको आधार हुन भन्ने महसुस गरेको छु । युवाहरु नै रेड्क्रसको आधार स्तम्भ र परिवर्तनका सम्बाहक हुन । नेपाल रेड्क्रसको नेपाल अधिराज्यको ७७ जिल्लामा जुनियर युवा सर्कल छ । यी युवा सर्कलको सहायताले रेड्क्रस रक्तदान कार्य होस् या बिपद ब्यवस्थापनमा सदैब अग्रपक्ती जुनियर युवाहरुको साथ रहेको हुन्छ । रेड्क्रसले पनि प्रोत्साहन गर्ने र युवा हरुको क्षमता बिकास गर्न केन्द्रिय तहमा रेड्क्रसको जुनियर बिभाग र त्यसैलाइ अनुगमन गर्न केन्दिय समिती पनि छ । जस्मा युवाहरुलाइ बिपतको सामना गर्ने देखि नेतृत्व बिकासको तालिम पनि दिइन्छ ।
अब युवाहरुलाइ पालिका शाखा , उप साखा , जिल्ला शाखा हुँदै प्रदेश र केन्द्रिय नेतृत्व तहमा ल्याउनु पर्छ । योग्यता क्षमता र योगदानको आधारमा अवसर पनि दिनु पर्छ । अबको रेड्क्रस पुरानोहरुबाट हैन नयाँ पिढीहरुबाट नयाँ ढंगले अगाडि बढ्नु पर्छ र बढाउनु पर्छ ।
धन्यवाद सभापती ज्यू समय र हजुरको बिचारको लागि ।