एम्बुलेन्स खरिदका लागि देउसी भेलो,पहिलो दिनमै १ लाख बढी उठयो

|

कोहलपुर /  हाम्रो समाजमा देउसी भैलो खेले पछि पिकनिक गएर रमाईलो गर्ने पनि प्रचलन छ तर कोहलपुर नगरपालिका वडा नं. १४ मा रहेका युवाहरु भने देउसी र भैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने भएका छन् । समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जर्गेणा गर्दै एम्बुलेन्सको लागि देउसी भैलो खेलेको छ । आज पहिलो दिन लक्ष्मी पुजाको अवशर पारेर कोहलपुर नगरपालिका वडा नं. १४ वडा कार्यालयबाट आफनो देउसी भैलो कार्यक्रम शुरु गरेको छ ।

सो देउसी भैलो कार्यक्रम वडा नं.१४ का वडा अध्यक्ष टेक चन्द्र हरिजनले ब्यानर वाचन गरि उदघाटन गर्नु भएको थियो । उद्घाटन गर्नु हुदै हरिजनले सामाजिक कार्यमा सदैव लागि रहन शुभकामना ब्यक्त गर्नुभयो र एम्बुलेन्स खरिद गर्नको लागि खेलेको भैली टिमलाई वडा कार्यालयबाट १ लाख दिने घोषणा समेत गर्नुभएको छ । सोही कार्यक्रममा वडा सचिव सुवास चन्द्र यादवले पनि संस्थालाई तिहारको हार्दिक शुुभकामना ब्यक्त गर्नुभयो । त्यसै गरि संस्थाका सल्लाहकार मन बहादुर गुरुङ्गले सामाजिक सेवामा निरन्तर अगाडि बढ्न सल्लाह दिनुभयो ।

संस्थाको पाचौ अधिवेशनमा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । संस्थाले बाँके जिल्लामा सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आईरहेको संस्थाका अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो ।

२०७८ कार्तिक १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।