नेपालगन्ज। नेपालगञ्ज विमानस्थलबाट प्रहरीले चार किलो सुन सहित दुई जनालाई पक्राऊ गरेको छ। शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअर लाईन्सको बिमानबाट नेपालगन्ज आएका झापा र मोरङका दुई जना ब्यक्तिको खान तलासी गर्दा चार किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताउनुभयो।
सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। सुन सहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन बिश्वकर्मा र मोरगक बिश्वमान खाति रहेको डिएसपी न्यौपानेले बताउनुभयो।






