बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरिनु पर्नेमा जोड

|

नेपालगन्ज / बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालय, बाँके मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाईएको छ । द्धन्द्ध पीडित महिला राष्ट्रिय सन्जाल, लुम्बिनी प्रदेशका संयोजक चन्द्रकला उप्रेतीले जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापन पत्र बुझाइएको हो ।

आज ३० अगष्ट अर्थात बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको ११ औं अन्तराष्ट्रिय दिवस बाँकेमा पनि अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । आज भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि उच्च अदालत तुलसीपुुर इजलास नेपालगन्जका प्रमुख न्यायाधिश माननीय डा. रत्न बहादुर बागचनले बेपत्ता पारिएकालाई तुरुन्त सार्वजनिक गर्नु पर्ने र पीडितहरुको अनुहारमा हाँसो ल्याउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीहरुले न्यायको सुनिश्चता गर्न माग समेत गरेका छन् । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झना गर्ने र उनीहरुको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ बेपत्ता पारिएका पीडितहरुको ११ औं अन्तराष्ट्रिय दिवस मनाईएको द्धन्द्ध पीडित महिला राष्ट्रिय सन्जाल, लुम्बिनी प्रदेशका संयोजक चन्द्रकला उप्रेतीले बताउनुभयो ।

सो अन्तरक्रियमा नेपाल वार एशोसियशन, लुम्बिनी प्रदेशका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, एडभोकेसी फोरमका बशन्त गौतम, ईन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, न्यायका लागि द्धन्द्ध पीडित समाजका देविसरा विकको सहभागिता रहेको थियो । आजै साझ दिप प्रज्जवल कार्यक्रमको आयोजना गरिदै छ । दिवसको अवशरमा बाँकेमा कृयाशिल संघसंस्था, मानवअधिकारकर्मी लगायतले पीडितलाई न्यायको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् । कार्यक्रमको सहजीरण नेपालगन्ज वार एसोशियसनका सचिव पदम पाण्डेले गर्नुभएको थियो ।

२०७८ भाद्र १४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।