राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा शुरु

|

काठमाण्डौं / नेपाल युवा परिषदले आजबाट राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा शुरु गरेको छ । संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई सम्मेलन आयोजना गरिएको छ । यो अगष्ट १२ र १३, २०२१ अर्थात श्रावण २८ र २९, २०७८ सम्म भर्चुअल रुपमा चल्नेछ । कोभिड १९ को दोस्रो तथा तेस्रो सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गरिएको छ ।

२ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।

सम्मेलनमा संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ । आज सम्मेलनको पहिलो दिन डा. अरुणा उप्रेती, डा.यमुना घले, कपिल शर्मा र निशा शर्माले प्रशिक्षण दिएका थिए ।

नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने बिश्वास आयोजकले लिएको छ । “युवा परिवर्तनको संवाहक हुन्” भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले हरेक बर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ । पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि सन् २०१७ मा ७४ जिल्ला, २०१८ मा ७७ वटै जिल्लाका २०४ र २०१९ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छौ । साथै २०१८ मा ७ ओटै प्रदेशमा युएनडिपी नेपालको सहकार्यमा एसडिजी फेस्टिबल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ती गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न पनि नेपाल युवा परिषद धेरै नै सक्रिय रहेको छ ।

साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी बर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ । सन् २०२० मा ७ वटै प्रदेशमा दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” पनि भर्चुअल रुपमा सम्पन्न गरी करिब २००० जना युवाहरुलाई निर्वाचन र गुड गर्भनेन्स बिषयमा बिशेष कार्यक्षेत्र बनाई गत अगष्ट देखि नोभेम्बरसम्म सम्पन्न गर्न सफल भएका थियौ ।

गत बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० मा ७७ बटै जिल्लाहरुबाट करिब ५५० भन्दा बढी युवाहरुले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भई बिभिन्न ८ वटा बिषयगत क्षेत्रहरुका बिभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरी ४ दिने कार्यक्रम सम्पन्न भएको थियो ।

२०७८ श्रावण २८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।