स्थानीय तहको नीति निर्माण र योजना प्रक्रियामा युवाको सहभागिता हुनु पर्ने

|

बाँके / नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजनमा संचालित सुशासनका लागि युवा परियोजना अन्र्तगत युवाको सवाल र समाधान बिषयक राउण्ड टेबल प्रदेश स्तरिय छलफल भर्चुअल रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश स्थानीय तहको नीति निर्माण र योजना प्रक्रियामा युवाको सहभागिता ,मतदाता नामावली दर्ता तथा निर्वाचन प्रक्रियामा युवा सहभागीता,युवाको सवालका बारेमा संचार क्षेत्रको भुमिका तथा युवा क्बल र युवा संजालले स्थानिय संग समन्वय गरि खेल्नु पर्ने भुमिकका बारेमा छलफल गरिएको थियो । मत अधिकार सुनिश्चतका लागि मतदाता नामावली दर्ताका लागि सचेतना मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुम प्रसाद सुवेदीले बताउनु भयो ।

राजनितिक दलका भातृ संगठन संग युवाका सवालका बारेमा छलफल गर्ने र युवाका सवाल बारेमा अवाज उठाउने भनेको राजनितिक दल नै हो त्यस कारण यस बिषयमा युवाहरुले समन्वय र सहकार्य गरेमा राम्रो हुने र युवाको सवालका बारेमा उठेका मुद्घाहरुलाई संचारले उचित स्थान दिई समाचार प्रकाशन गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश संसद नमुना के.सी,नेपालगंज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर,जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुम प्रसाद सुवेदी,नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलगाई,जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्मा लगायत अतिथीहरु बक्ताको रुपमा छलफलमा उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण आयोनका उपाध्यक्ष अशोक खनालले गर्नु भएको थियो । सो कार्यक्रममा ४३ जना युवाहरुको उपस्थिती रहेको नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्मा जानकारी दिनुभयो ।

 

२०७८ श्रावण २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।