काठमाडौं । नेपाल पछिल्लो समय कोरोना संक्रमणको दर वृद्धि भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार १० हजार ८ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ४३ जना र एन्टिजेन विधिबाट ४ हजार ९ सय २२ नमुना परीक्षण गर्दा १ हजार २ सय ६ जनामा कोरोना पुष्टि भएको हो । दुवै विधिबाट कुल १५ हजार ८ सय ८ नमुना परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि भएको डा.अधिकारी जानकारी दिए । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमित निको भएका छन् । भने ३३ जनाको मृत्यु भएको छ ।






