फोनिज बाँकेले २३ गते परिचयात्मक तथा भेला कार्यक्रम गर्ने

|

नेपालगन्ज / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)बाँके शाखाको बैठक बिहीवार नेपालगन्जमा सम्पन्न भएको छ । फोनिज बाँके शाखाका अध्यक्ष समिरमान श्रेष्ठको अध्यक्षतामा बैठक बसि नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको आासन्न निर्वाचनमा आदिवासी जनजाति पत्रकारहरुको उम्मेद्धारीको विषयमा छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनलाई लक्षित आदिवासी जनजाति पत्रकारले खेल्नुपर्ने भुमिकालाई मध्यनजर गर्दै यही २३ गते परिचयात्मक कार्यक्रम, भेला तथा छलफल कार्यक्रम गर्ने निर्णय समेत गरेको फोनिज बाँके शाखाका सचिव भगतराम थारुले जानकारी गराउनुभयो ।

फोनिज बाँके शाखाको बैठकमा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, फोनिज लुम्बिनी प्रदेशका महासचिव गजेन्द्र गुरुङ, फोनिज बाँकेका सल्लाहकार तथा लुम्बिनी प्रदेशका सदस्य रविन्द्रमान सेरचन, प्रज्वल श्रेष्ठ, सल्लाहकार पुर्णलाल चुके लगायतको सहभागिता रहेको थियो ।

२०७७ चैत्र १९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।