क्यालिफोर्निया/ Beaumont –Banning क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई लक्षित गर्दै, ब्युमोन्ट ब्यानिङ नेपाली समाजको आयोजनामा हिन्दूहरुको रंगहरुको पर्व होली यस वर्षको फागु पूर्णिमा लाई विशेष र अर्थपूर्ण रूपमा मनाउने तयारी गरेको छ।
समाजले जारी गरेको शुभकामना सन्देशमा होलीले बोकेको धर्म, सद्भाव, आत्मीयता र उज्यालो ले सम्पूर्ण समुदायलाई एकताको साथ होली पर्व मनाउन हार्दिक निमन्त्रणा व्यक्त गरिएको छ।
ब्युमोन्ट ब्यानिङ नेपाली समाजका अघ्यक्ष एकदेव शर्माको भनाई अनुसार, रङ्गहरूको यो पावन पर्वले मन, वचन र कर्मलाई शुद्ध बनाउँदै आपसी प्रेम, क्षमा, मैत्रीभाव र एकताको भावना अझ गहिरो बनाउने विश्वास गरिएको छ।र यस समाजले गत बर्षदेखी यो क्षेत्रमा होली पर्व भव्मय रुपमा नाउदै आईरहेको छ ।
सत्यको विजय, अन्धकारमाथि प्रकाशको जय र वैरभावमाथि मैत्रीभावको स्थापना होस् भन्ने आध्यात्मिक भावनासहित, यस वर्षको होलीलाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउन सबैको सक्रिय सहभागिता अपेक्षित गरिएको छ।

होली पर्व कार्यक्रम विवरण:
• मिति: २०२६ मार्च १
• समय: बिहान १० बजे — साँझ ५ बजे
• स्थान: Bogart Park, 9600 International Park Rd, Cherry Valley, CA 92223






