नेपालगञ्ज । वल्र्ड क्लास धावक केन्यानिवासी जोन केलाई र मिसन नेपाल वल्र्ड २०२३ श्रृष्छा प्रधान धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त भएका छन् ।
सोमवार नेपालगन्जस्थित होटल डायमन्ड प्यालेसमा आयोजित बिशेष कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले सदभावना दुतको कदरपत्र जोन र श्रृच्छालाई हस्तान्तरण गरे ।
मेयर बिष्टले छोटो समयमै धारा नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय जगतमा विश्वास आर्जन गर्न सफल भएको बताए । ‘म्याराथन खेल मात्र नभई अब शान्ति सदभाव र एकताको सशक्त माध्यम बनिसकेको छ ।’ मेयर बिष्टले भने¬‘उपमहानगरपालिका सदा संस्थागत सहकार्यका लागि तयार छ, यतिबेला हामीले विभाजित मनलाई एकढिक्का बनाउनुछ, मंसिर ६ गतेलाई साँच्चिकै एकता र सदभावको दिन बनाऔं ।’

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले धारा नेपालगन्ज म्याराथनको मेहनत र प्रतिफलबाट आफुहरु निकै प्रभावित भएको बताउँदै अझ यसको दायरा बढाउँदै जाँदा आफ्नोतर्फबाट भरपुर सहयोग गर्ने बताए ।
विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१०का स्वर्णपदकधारी केन्याका जोनले संसारभरबाट प्राकृतिक सौन्दर्य हेर्न नेपाल आउने गरेकोमा अब म्याराथनका बहानामा समेत आउने धेरै सम्भावना बढेको धारणा व्यक्त गरे । आफुले अन्तर्राष्ट्रिय धावकहरुलाई नेपाल ल्याउन आफुले पहल गर्ने पनि उनले बताए ।
त्यसैगरी मिस नेपाल श्रृच्छाले पर्यावरणीय संकटलाई सामुहिक प्रयासबाट निकारण गर्नुपर्ने र यसका लागि म्याराथन जस्ता इभेन्ट प्रभावकारी हुने बताइन् । आयोजकले दौडमार्फत पर्यावरण जोगाउन आफुलाई छनोट गरेकोमा खुशी व्यक्त गरिन् ।
कार्यक्रममा गौघाट ग्रीन रनको टिसर्ट समेत सार्वजनिक गरियो । धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको

									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									




