सिजपको नवौं वार्षिक साधारणसभा सम्पन्न, नयाँ १५ सदस्यीय कार्यसमिति चयन

|

काठमाडौं। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को नवौं वार्षिक साधारणसभा आज राजधानी काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाबाट नयाँ १५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ।

नव–निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्षमा तिलोत्तम पौडेलले गर्नुभएको छ भने उपाध्यक्षमा हेमराज जोसी र कुमारी ममता झा निर्वाचित हुनुभएको छ।

त्यसैगरी, महासचिवमा राजु घिमिरे, कोषाध्यक्षमा सम्झाना कुमारी मल्ल चयन हुनुभएको छ। प्रदेशगत सदस्यमा क्रमशः गीता अधिकारी (कोशी), संजय कुमार कुशवाहा (मधेश), शिव प्रसाद खकुरेल (बागमती), केशब प्रसाद पौडेल (गण्डकी), शिवलाल पाण्डे (लुम्बिनी), केशव आचार्य (कर्णाली) र गीता कुमारी रावल (सुदूरपश्चिम) चयन हुनुभएको छ।

त्यसैगरी खुल्ला तर्फबाट पिंकी सिङ राणा, शान्ता कुमारी दाहाल र कुन्जनी परियार प्यासी निर्वाचित हुनुभएको छ।नयाँ कार्यसमितिलाई विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

२०८२ भाद्र ३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।