नेपाल युनाइट्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

|

काठमाडौ । नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण भव्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो। प्रमुख अतिथि तिवारीले नेपालमै बसेर सकारात्मक तथा सिर्जनात्मक कार्य गर्न युवाहरू लाग्नुपर्ने बताउनुभयो। साथै उहाँले नेपाल युनाइट्सलाई आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सो साधारण सभामा गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै विद्यालयहरूमा नेतृत्व विकास तालिम र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको, कोशी प्रदेशमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको र तिहार तथा छठ पर्वको अवसरमा धार्मिक सद्भाव प्रवर्द्धन गर्ने नागरिक समाजसँगको सहकार्य कार्यक्रम सम्पन्न गरिएको जानकारी संस्थाका राष्ट्रिय निर्देशक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिनुभयो ।

त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी कार्यशाला, मधेश प्रदेशमा दाइजो प्रथा विरुद्ध अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम, सप्तरी जिल्लामा संस्थागत विकास कार्यक्रम र अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रममार्फत नेपालको अर्थतन्त्रलाई सहयोग गर्ने उद्देश्यका साथ सञ्चालन गरिएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
आगामी दिनमा युवाहरूलाई सिपमूलक कार्यक्रमलाई प्राथमिकता दिने र Future Leadership Conference आयोजना गर्ने योजनाबारे पनि सभामा जानकारी गराइयो।
कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाल युनाइट्सले सामाजिक रुपान्तरणमा युवाको सक्रिय सहभागिता अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। सो कार्यक्रम संस्थाका अध्यक्ष मोहम्मद जियायल रहमानले अध्यक्षतामा सप्पन्न भएको थियो ।

सो कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो भने शुभकामना मन्तव्य संस्थाका उपाध्यक्ष कञ्चन कुमारी शाहले गर्नुभएको थियो।

२०८२ भाद्र २, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।