तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को नयाँ नेतृत्वको लागि निर्वाचन हुदै

|

काठमाडौं । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को नयाँ नेतृत्वको लागि निर्वाचन भएको छ । केन्द्रीय परिषदको नयाँ कार्यसमितिको नेतृत्वमा सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।
काठमाडौंमा शनिबारदेखि पाचौं राष्ट्रिय महाधिवेसन सुरु भएको थियोे । परिषदको नयाँ नेतृत्वको लागि सर्वसम्मत गराउने प्रयास गरेतापनि दुई पक्षवीच सहमति नभएपछि निर्वाचन गराउन लागेका हुन् ।
नयाँ नेतृत्वमा अध्यक्षका आकांक्षीमा पूर्वबरिष्ठ उपाध्यक्ष रनबहादुर गुरुङ(आर.बि) र अर्का उपाध्यक्ष धनमान गुरुङ रहेका छन् । निर्वाचन आयोगका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव लगायत अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका पदमा निर्वाचन हुने जनाएको छ ।
यसैगरी संस्थाको महिला उपाध्यक्षमा देव कुमारी गुरुङ, महासचिवमा राजु गुरुङ र उपमहासचिवमा गोपाल गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
तमु(गुरुङ)हरुको एकमात्र अधिकारमुखी संस्था तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद्को शनिबार राष्ट्रिय महाधिवेशनको प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले समुद्घाटन गर्नुभएको थियोे ।
तमू ह्युल छोंज धीका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको समुद्वघाटन कार्यक्रममा गुरुङ समुदायका विभिन्न प्रबुद्ध व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

२०८२ जेष्ठ १३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।