निशुल्क रूपमा महिनावारी किट व्याग वितरण

|

खजुरा / कल्पना फाउण्डेसन नेपालको आयोजना र शिर्जनशील संस्था नेपालको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालय खजुरामा आयोजित एक कार्यक्रममा १०० जना भन्दा बढि महिलाहरूलाई दुई लाख पचास हजार बराबरको निशुल्क रूपमा महिनावारी सम्बन्धि किट व्याग वितरण गरिएको छ ।

साथै महिलाहरूलाई महिनावारी सरसफाई, स्वच्छता व्यवस्थापन सम्बन्धि ४ घन्टाको तालिम समेत सन्चालन गरियको थियो । कल्पना फाउण्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल“जिज्ञासुको“ अध्यक्षता,वडा नं.३ वडा अध्यक्ष कान्तुराम गौतमको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

साथै सो कार्यक्रममा शिर्जनशील संस्था नेपालकी अध्यक्ष प्रतिमा शर्मा लगायतको विशेष उपस्थिती रहेको थियो । सो कार्यक्रमको सन्चालन इन्दिरा गौतमले गर्नुभएको थियो भने तालिमको सहजिकरण शिर्जनशिल संस्थाकी अध्यक्ष प्रतिमा शर्मा र कार्यक्रम संयोजक प्रतिमा पन्थीले गर्नु भएको थियो ।

२०७८ फाल्गुन ३०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।