केन्द्रीय तदर्थ समितिको सदस्यमा मनोनित : पुलामी

|

काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा सभापति गुमानराज पुलामी नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको सदस्य पदमा मनोनित भएका छन् । रेड्क्रस मानबिय संस्था हो, जहाँ सेवाको भावना रहेको हुन्छ । मानवीय सेवामा अनवरत रुपमा काम गरीरहेको संस्था हो, नेपाल रेड्क्रस । पछिल्लो समय जन मानसमा विश्वास नभएर यसको बिकृती र विसंगति मर्फत चर्चामा आएको छ । कर्ममा विश्वास गरेका पुलामी रेडक्रममा पछिल्लो चार दशक देखि सेवा गर्दै आएका छन् ।

पुलामी एक निबृत शिक्षक हुन् । प्युठानको मुक्ति माद्यामिक बिद्यालयकाा तत्कालिन प्रधानाध्यापक विर वहादुर सिहंले रेडक्रसको तालिम लिसके पश्चात् रेडक्रसकोे बारेमा बताएपछि रेडक्रसको ७ सिद्धान्तहरु जुन सिद्धान्त अनुसरण गरेपछि समाजमा परिवर्तन गर्न सकिन्छ भन्ने सोचले र रेडक्रसको बारेमा जानकारी गराएपछि शैक्षिक पेशा सँगै रेडक्रस यात्राको सुरुवात आफ्नो विद्यालयमा जुनियर, युवा रेडक्रस सर्कल गठन गरी वि.स. २०३९ साल देखी मुुक्ति मा.वि.रातामाटामा शिक्षक नायक को जिम्मेवारी पाए पछि रेडक्रस यात्रा सुरु गरे र त्यस्पछि रेडक्रसका आधारभुत सिद्घान्तहरु प्रति मन, बचन र कर्मले प्रतिबद्घ र कटिबद्घ भई समाज सेवामा अनवरत रुपमा लागीरहे । शिक्षक नायक देखि सुरुभएकोे यात्रा २०४० साधारण सदस्य लिए , २०४५ मा आजिवन सदस्य लिए । रेडक्रसको यात्रा सँगै जिल्लाका विभिन्न संघ संस्थाहरुमा समाजसेवीकारुपमा निरन्तर रुपमा लागीरहे । यसरी रेडक्रस यात्रालाई निरन्तरता दिदै वि.स. २०४६ सालमा नेपाल रेडक्रस सोसाइटी प्युठान जिल्ला शाखाको कार्यसमिति सदस्य हुदै उप–सभापति सँगै सभाापति भएर हाल सम्म निरन्तर रुपमा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा मा मानवीय सेवामा कार्यरत छन् । केन्द्रिय स्तरका जुनियर ,युवा समिती , स्वस्थ सेवा समितीमा सदस्यको रुपमा समेत काम गर्ने अबसर पाएको अनुभव रहेको बताउछन् ।
अहिलेको सबै भन्दा बिवाद हुनु भनेको रेड्क्रस कानुन नबनेको दाबी गर्छन्, पुलामी । सरकारले रेड्क्रस कानुन बनाएर नयाँ रेड्क्रस कार्यसमिती गठन गरे पछि यो समस्या समाधान हुन्छ । रेड्क्रसको अन्तरास्ट्रिय निकाय( ICRC ,IFRC) ले पनि यसको आवश्यक रहेको उनिहरुको बुझाइ छ ।
लामो समय सम्म कानुन नबन्नु को पछाडि बिधान संसोधन परिमार्जनका कुरा अनि राजनितिक चलखेल, भागबन्डा पनि भएको देखिन्छ । ब्यक्तिले आफू अनुकुल बिधान बनाउन खोज्दा यो समस्या आएको हो । ब्यक्ति भन्दा ठूलो सस्था हो । सस्थाको गरिमा जोगाउन सकेपछि मात्र हाम्रो गरिमा रहन्छ । ब्यतिगत स्वार्थ लाई त्यागेर नेपाल रेड्क्रसलाइ जिवन्त तुल्याउन रेड्क्रस कानुन नै अहिलेको आवस्यकता भएकोले सबैले रेड्क्रसको सात सिद्धान्तमा मन वचन र कर्मले पालना गर्दै सबैले आ– आफ्नो तह बाट रेड्क्रस कानुन बनाउन सहकार्य गर्नु पर्छ भनेर समेत आवहन गरेका छन्, पुलामी ।

को को परे नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिमा

२०७८ पुष १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।