नेपालगन्ज। महिला उद्यमी कस्मिरा खातुनले सञ्चालन गर्नुभएको गार्मेन्ट उद्योगमा शुक्रबार राती आगलागी भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका महिला उद्यमी समिति अध्यक्ष समेत रहनुभएकी खातुनले संचालन गर्नुभएको लुम्बिनी फेब्रिक इन्डस्ट्रीज प्रा.लि.मा बिद्युत सर्ट भई आगलागि भएर क्षति भएको छ ।
उपकरण, तयारी कपडा तथा कच्चा कपडा गरि चार करोड बढिको क्षति भएको अनुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।






