तुलसीपुरबाट ब्राउनसुगरसहित ५ जना पक्राउ

|

दाङ / दाङको तुलसीपुरबाट लागूऔषध ब्राउनसुगरसहित ५ जना युवायुवती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३ जना युवती छन् भने २ जना युवक छन् ।

दुई दिनको अवधिमा तुलसीपुर उपमहानगरपालिका ५ (ख) लाईन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दिपु नेपाली, वडा नं.६ बरुवागाउँका २९ वर्षीया रुद्रमणी पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं.७ सागरनगर टोल बस्ने ३० वर्षीय कैलाश नेपालीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट ५ ग्राम ७१० मिलिग्राम लागु औषध ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

२०७८ पुष १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।