माईती नेपालद्धारा नेपालगन्ज नाकाबाट एक बर्षमा ४३४ जनाको उद्धार

|

नेपालगन्ज /  बाँके जिल्लाको नेपालगन्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय ३४ जनाको उद्धार गरिएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरिएको संख्या गत बर्ष भन्दा यो बर्ष दोब्बर रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ । सन् २०२० मा २६७ जनाको उद्धार गरिएको थियो ।
नेपालगन्जमा बिहीवार नेपाल पत्रकार महासंघ र माईती नेपालद्धारा पत्रकारहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपाल नेपालगन्जका प्रमुख केशब कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बतानुभयो ।  गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको समेत बताउनुभयो ।

उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुबै संख्या अघिल्लो बर्ष भन्दा बढी नै हो ।

माइती नेपाल नेपालगन्जका प्रमुख केशब कोइरालाले कोरानाको कारणले गर्दा सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताउनुभयो । नेपाल सरकारसंग बलियो खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताउनुभयो । बेचविखनको बदलिँदा स्वरुपहरुमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको छ ।

२०७८ पुष १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।