उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

|

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा आज बिहान वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । आज दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।पहाडी जिल्लाहरुमा आज हिमपात भएको छ । त्यसै गरि गएराती देखि तराईमा परेको सिमसिमे बर्षासगै कर्णाली र सुदुरपश्रिमका जिल्लाहरुको जीवन कष्टकर बनेको छ । त्यसैगरि पहाडि क्षेत्रहरु हिउँले ढाकिएको छ । कर्णाली र सुदुरपश्चिमका तराईका जिल्लाहरुमा भने हल्का बर्षा भएको छ ।

२०७८ पुष १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।