तमु ल्होछार पर्वका अवसरमा देशभर सार्वजनिक विदा

|

काठमाडौं । सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा नेपाल सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधवार गृहमन्त्रालयद्वारा जारी सूचनामा बिहिवार देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

२०७८ पुष १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।