काठमाडौं । प्रेस चौतारी नेपालको नवौं अधिवेशन कास्कीमा हुने भएको छ । प्रेस चौतारीले आफ्नो स्थापना दिवस माघ २२ गतेको दिन पारेर नवौं अधिवेशन गर्न लागेको हो ।
लुम्बिनीमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले संगठनको नवौं अधिवेशन कास्कीको पोखरामा आगामी माघ २२ गतेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।
एमाले उपमहासचिव एवं प्रचार विभागका प्रमुखसमेत रहेका चौतारीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले उद्घाट्न गर्नुभएको थियो ।






