कम्दी स्थित हजरत कम्मरशाह मजारमा ८ गतेदेखि मेला सुरु

|

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ स्थित हजरत कम्मरशाह मजारमा लाग्ने मेलालाई व्यवस्थित बनाउन समिति गठन गरिएको छ ।
मजारमा सोमबार बसेको एक भेलाले आरिफ खानको संयोजकत्वमा २१ सदस्यीय मेला संचालन तथा व्यवस्थापन समिति गठन गरिएको हो ।
कम्मरशाह मजारमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ । कोरोना संक्रमणको जोखिम कायम रहेकाले मेलालाई व्यवस्थित बनाउन समितिलाई जिम्मेवारी दिइएको छ ।
कम्मरशाहमा यही पुष ८ गतेदेखि ११ गतेसम्म चार दिने मेला आयोजना गर्ने समितिले निर्णय गरेको छ गुठी संचालक समितिका अध्यक्ष सगिर खाँको अध्यक्षतामा बसेको बैठकले मेला संचालनका लागि जिल्ला प्रशासन कार्यालयसंग समन्वय सहकार्य गर्ने निर्णय भएको संचालन समितिका सदस्य सईद खाँले जानकारी दिनुभयो ।यस्तै केही वर्ष यता गुठी समिति नविकरण नभएको हुँदा सो नविकरण पनि गर्ने निर्णय गरिएको छ

२०७८ मंसिर २०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।