भाइटीकाको उत्तम साइत शनिवार बिहान ११ बजेर २ मिनेट 

|

काठमाडौ । यस बर्षको भाइटीकाको उत्तम साइत कार्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनुपर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिको भनाई छ । शास्त्र अनुसार मनुष्यको पूजा मध्यान्हकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजेभित्रै भाइटीका लगाउनुपर्ने समितिको सुझाब छ ।

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालीको तिहार पर्सि कार्तिक १७ गतेदेखि सुरु हुँदैछ । यसपाली तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

२०७८ कार्तिक १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।