वडा नं.८ को कार्यवाहक वडा अध्यक्षमा रजनीश बाजपेई

|

बाँके / नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ को कार्यवाहक वडा अध्यक्षमा रजनीश बाजपेईले पद सम्हालनु भएको छ ।

नेपालगन्ज उपहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता ब्यक्तिगत काम विशेषले जिल्ला बाहिर जानु परेकोले फर्की नआउँदाँ सम्म वडा सदस्य रजनीश बाजपेईलाई कार्य वाहक वडा अध्यक्ष भई कामकाज गर्न अनुरोध गर्नु भएको छ ।

नेपालगन्ज उपहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुप्ताले पत्र मार्फत जिम्मेवारी बहन गर्न जानकारी समेत गराउनुभएको छ ।
कार्य वाहक वडा अध्यक्षको पद सम्हालदै कार्यवाहक वडा अध्यक्ष रजनीश बाजपेईले नीति र नियमको दायरामा रहेर छिटो छरितो नागरिकको कार्य गर्ने र नागरिकको गुनासो सुनेर सदैव कार्य सम्पादन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

 

२०७८ कार्तिक १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।