बढैयाताल(बर्दिया) । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बढैयातालको आयोजनामा एकदिने वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया र बीमा सुविधा वितरण कार्यक्रम सम्पन्न भएको छ।
२०८३ मंसिर ८ गते आयोजित कार्यक्रम केन्द्र नम्बर ०२९ का केन्द्र उपप्रमुख खिमसरा वलीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष रामसिंह ठकुरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, संस्थाको केन्द्रीय कार्यालयका प्रबन्धक यमला गौतम, जमुनी बजार इन्चार्ज सहायक ईन्चार्ज केदारप्रसाद सुवेदी तथा अनुगमन प्रमुख चतुरमान चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न केन्द्रका ६२ जना सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वित्तीय साक्षरताको महत्व, बचत गर्ने बानी, ऋणको सदुपयोग, आर्थिक व्यवस्थापन तथा संस्थाले उपलब्ध गराउने बीमा सुविधालगायतका विषयमा जानकारी तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको विशेष अवसरमा संस्थाको बढैयाताल शाखामा आबद्ध केन्द्र नं. ००२ का सदस्य स्वर्गीय गणेशप्रसाद सुवेदीको दुर्घटनामा परी मृत्यु भएपछि उहाँको परिवारलाई बीमा सुविधाबापत रु. २७ लाख ४३ हजार ९ सय ६६ हस्तान्तरण गरिएको थियो। उक्त रकमले मृतक सदस्यको परिवारलाई आर्थिक राहत पुग्नुका साथै लघुवित्त संस्थाले आफ्ना सदस्य तथा परिवारको सामाजिक र आर्थिक सुरक्षामा पुर्याउँदै आएको योगदानलाई थप उजागर गरेको छ। सो कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक नारायण न्यौपानेले गर्नुभएको जुनियर असिस्टेन्ट पुष्पा गिरीले जानकारी दिनुभयो।






