गायक चक्र बम र लक्ष्मी आचार्यको नयाँ गित ‘ओ मेरी भाउजु’ सार्वजनिक

|

काठमाण्डौं /  पछिल्लो समयका निकै ब्यस्त र चर्चामा रहेका गायक हुन् चक्र बम । ओई काजल गितको सफलता पछि झनै चर्चाको शिखरमा पुगेका गायक बमका त्यसपछि पनि थुप्रै गितहरु बजारमा आइरहेका छन् । उनले बजारमा ल्याएको एउटा गितको चर्चा नसकिदै अर्को गितले पनि त्यतिकै चर्चा बटुलिरहेका छन् ।

केही दिन पहिले मात्रै सार्बजनिक भएको उनको ओ मेरी भाउजु बोलको नयाँ गितले पनि अहिले झनै चर्चा बटुलिरहेको रहेको छ । उक्त गित यतिबेला युट्युवको ३ नम्बर ट्रन्डिङमा रहेको छ । गत आइतबार मात्रै गायक चक्र बमकै युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गितको भिडियो २४ घण्टा नबित्दै ट्रन्डिङमा पर्न सफल भएको थियो ।

यसका मतलब यो गितलाई अत्याधिक दर्शक स्रोतहरुले मन पराइरहेका छन् । हाम्रो गाउँघरमा देवर र भाउजु बिच हुने ठट मजाकलाई कुराकानी जस्तै गरेर देउडा शैलीमा तयार पारिएको उक्त गीतमा गायक बमलाई गायिका लक्ष्मि आचार्यले साथ दिएकी छिन् । यो गितमा गायक चक्र बमकै शब्द/संगीत रहेको छ ।

उक्त गितको म्युजिक भिडियोमा नेपाली चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई भाउजुको भूमिका देख्न सकिन्छ भने गायक बम आफै देवर बनेका छन् र मोडल करिश्मा ढकाल साली बनेकी छन् । मौसम हीमालीले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई अनिल के। मानन्धरले छायाँकन गरेका हुन् भने प्रविण भट्टले सम्पादन गरेका हुन् ।

 

२०७८ आश्विन २७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।