प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड २५ लाख बिनियोजित बजेट प्रदेश सभामा प्रस्तुत

|

बुटवल /  प्रदेश नम्बर ५ को सोमबार बसेको प्रदेश सभाको बैठकमा आर्थिक वर्ष ०७७/ ७८का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बिनियोजित बजेट प्रदेश सभामा प्रस्तुत गरिएको छ । आर्थिक ममिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै का आउनु भएका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्ष ०७७/  ७८ को बजेट सोमबार प्रदेश सभामा सार्वजनिक गर्दै चालु बजेत तर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बिनियोजन गर्नुभएको छ र वित्तीय हस्तान्तरण तर्फ ५ अर्ब १४ करोड बजेट प्रस्तु गरिएको छ ।

५ नम्बर प्रदेश सरकारले प्रस्ताबित गरेको बजेट पनि कोरोना केन्द्रीत नै रहेको छ । प्रदेश सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ वटा ठुला सडक निर्माणलाई निरन्तर दिने सडक पुल निर्माण तर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ । सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ । कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ ।

कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भुमि व्यवस्था कृषि तथा सहकारी तर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट बिनियोजन गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदान तर्फ १ अर्ब रुपैयाँ रकम छ । उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ ।

प्रदेश सरकारले आगामी वर्ष विदेश भ्रमणका लागि, कार्यालय सामग्री खरिदका लागि, कर्मचारीका लागि बैठक भत्ता कटौती गरिएको छ । स्वास्थ्य र सुरक्षा निकायले बाहेक अन्यले सवारी साधन खरिद गर्न पाउने छैनन् । सरकारले ल्याएका अधिकांश कार्यक्रम र बजेट कोभिड–१९ को असर न्यूनीकरण र रोजगार केन्द्रीत रहेका छन् ।

२०७७ असार १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।