बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

|

भारत / बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेकाे आफ्नै घरमा आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुकाे कारण अहिले सम्म खुलिसकेकाे छैन । बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई याे कुराकाे जानकारी दिएका हुन् ।३४ वर्षीय राजपूतले मुम्बईस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ।
काई पो चे सिनेमाद्वारा बलिउडमा डेब्यू गरेका राजपूतले पछिल्लोपटक ‘छिछोरे’ मा अभिनय गरेका थिए। राजपुतले भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिकामा अभिनय गरेका थिए। उनी ‘किस देशमे हे मेरे दिल, पवित्र रिश्ता’ जस्ता टेलिभिजन कार्यक्रममा पनि अभिनय गरेका थिए। लकडाउनको समयमा राजपूत घरमा एक्लै बस्दै आएको बताइएको छ।

२०७७ जेष्ठ ३२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।