सनी विश्वकर्मा र गायिका रचना रिमालको स्वरमा ‘आँखाभरी’ बोलको गीत सार्वजनिक

|

काठमाण्डौ /  लोक स्टार सनी विश्वकर्मा र गायिका रचना रिमालको स्वरमा ‘आँखाभरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शिशिर सापकोटाको शब्द र ज्ञानेन्द्र गिरीको संगीत छ ।

सागरबाबु भट्ट निर्देशित गीतको भिडियोमा सनी र रचना नै फिचर्ड छन् । राज पोखरेलको छायाँकन रहेको भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् । सनी र रचनाले यसअघि पनि केही गीतहरुमा सँगै स्वर दिई सकेका छन् । यो गीत फिल्मी पत्र युट्युब च्यानलबाट बजारमा आएको छ ।

२०७८ श्रावण २१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।