सुनिता दुलालले स्वर दिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक

|

काठमाडौं । सुमधुर स्वरकी धनी सुनिता दुलालले स्वर दिएको ‘परदेशी छोरी’ बोलको तीज गीत बजारमा आएको छ । ज्योति गुरुङको शब्द रचना रहेको सो गीति संग्रह सार्वजनिक भएको हो ।उक्त गीत जेजी क्रियसन युट्युब च्यानलमार्फत बिहीबार श्रोता–दर्शकमाझ ल्याइएको छ । दुलालको तीज गीतमा सुरज लामिछानेको संगीत रहेको छ ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन पनि लामिछाने आफैंले गर्नुभएको हो । गीतको भिडियोलाई लण्डनमा छायाँकन गरिएको छ । कुशल श्रेष्ठको निर्देशन, सम्पादन तथा छायाँकन रहेको उक्त भिडियोमा तेन्याङ रानाले नृत्य निर्देशन गर्नुभएको छ ।

भिडियोमा गीतकार गुरुङसँगै, निरु कोइराला, आस्था जोशी, बिनु लामिछाने घिमिरे, रिमा कँडेल, गुरुङ रत्न, सरला पौडेल, सबु सेन, दिपिका श्रेष्ठ, दया गुरुङ, ममता राई, मुना राउत, काभ्या कृति, राधा गुरुङ, बिना राई, रोशन राईलगायतको अभिनय रहेको छ ।

गीतमा आमा र परदेशमा रहेकी छोरीको कथालाई प्रस्तुत गरिएको छ । परदेशमा रहेकी चेली तीज आएपछि नेपाललाई कसरी सम्झिन्छिन् भन्ने कुरा यो गीतमा झल्काइएको पाइन्छ ।

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।